बैंक तथा वित्तिय संस्थामा 'आइतबार' सार्वजनिक विदा ! बहस श्रृङ्खला -२

Dec 15, 2018 merolagani

 - विदा समायोजन नहुँदा वर्षमा व्यवसायीका १५६ दिन खेर गए ।
नवीन ढुङ्गाना।  नेपालमा प्रचलित शुक्रबार आधा र शनिबारको पुरै दिन छुट्टीले व्यवसाय विस्तारमा समस्या भएको गुनासो नेपाल उद्योग वाणिज्य महासंघले गरेको छ। उक्त दिन बैंक तथा वित्तिय संस्था पनि बन्द हुँदा व्यवसाय गर्न कठिन भएको व्यवसायी बताउँछन् ।

निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले शुक्रबार पुरै दिन कार्यालय खुल्ने र विदा अन्तर्राष्ट्रिय मान्यता अनुसार परिवर्तन गर्नु पर्दछ भन्दै नेपाल राष्ट्र बैंकमा सुझाव पत्र नै पेश गरेको छ ।

अन्तर्राष्ट्रिय प्रचलन अनुसार विदा मिलाउने भनेको सकेसम्म हप्तामा दुई दिन (शनिबार र आइतबार) विदा हुनु पर्छ भन्ने हो। तर नेपालमा हप्ताको दुई दिन (शनिबार र आइतबार) विदा दिन सक्ने अवस्था छैन ।

त्यसैले पनि व्यवसायीहरु हालको शुक्रबारको आधा छुट्टी शनिवारलाई सारेर वा शनिवार पुरै दिन काम गरेर आइतबार सार्वजनिक विदा गरिनुपर्छ भन्ने मानसिकतामा छन् ।

यसै विषयमा नेपालबाट विदेशमा नेपाली उत्पादन निर्यात गर्ने व्यवसायीलाई प्रचलित विदा किन फेर्ने ? शुक्रबार आधा दिन विदा र शनिबार सार्वजनिक विदा हुँदा कस्तो समस्या परेको छ ? भनेर हामीले सोधेका थियौँ ।
                                                                            ........
सरकारले नेपालमा विदेशी लगानी प्रोत्साहित गर्ने र नेपाली व्यवसायीका लागि पनि उपयुक्त वातावरण बनाउने नीति लिएको छ । जस अनुसार हामी पनि चाहान्छौं की केही साना कुराहरुका कारण हामीले समस्या भोग्न नपरोस् ।

भारत र नेपाललाई छाडेर हप्तामा दुई दिन शनिवार र आइतबार सार्वजनिक विदा हुने विश्व परिपाटी छ ।

भारतमा शनिवार आधा छुट्टी र आइतबार सार्वजनिक विदा दिदैँ आइएको छ । नेपालले व्यापार सम्बन्ध कायम गरेका विश्वभरीका मुलुकमा आइतबार सार्वजनिक छुट्टी हुन्छ ।

उनीहरुले छुट्टी मनाउने दिन नेपाली व्यवसायीले कार्यालय प्रयोजनका र बैंकिङ क्षेत्रसँग सम्बन्धित वैदेशिक व्यापारका कुनै काम गर्न सक्दैनन् । हामी रित्तो बस्ने हो ।

तत्काल उल्कै बिग्रयो भन्ने अवस्था त अहिले पनि होइन तर अझै धेरै नतिजा निकाल्ने गरि वैदेशिक व्यापारमा काम गर्ने हो भने हामीले पनि हाम्रो प्रचलन हेरफेर गरेर अगाडी बढ्नु पर्छ ।

सकेसम्म आइतबार छुट्टी अनि सोमबार देखि शनिवारसम्म पूरै काम गर्ने परिपाटी बसाउन सके राम्रो । यदि त्यसो गर्न सकिँदैन भने कम्तीमा हाम्रा बैंक तथा वित्तीय संस्था एवं सरकारी कार्यालय शुक्रबार पूर्ण सञ्चालनमा आइदिए सबैलाई सजिलो हुने थियो ।

                                ...[नेपालका बैंकहरूमा 'आइतबार' सार्वजनिक विदा !]...

 

संसारमा भारत बाहेक प्राय देशमा शुक्रबार आधा छुट्टीको चलन छैन। अरुले पुरै दिन काम गरिरहँदा हामी भने आधा छुट्टी मनाई रहेका छौं । आधा छुट्टी भनिए पनि शुक्रबार यसरी ब्राण्डीङ भएको छ की सरकारी काम त प्राय हुँदैन नै । जसले गर्दा व्यवसायीका हप्तामा शुक्रवार,शनिवार र आइतवार ३ दिन खेर गएका छन् ।

विदा कटौती नभई हेरफेर मात्र गरिने हुनाले नागरिकलाई पनि असजिलो होला जस्तो लाग्दैन । विश्वव्यापीकरणको यो युगमा समयानुसार हामी पनि चल्नुको विकल्प छैन ।

उदाहारणका लागि नेपाल चीन, नेपाल भारत सीमामा रहेका हाम्रो भन्सारलाई पनि हेर्न सक्छौं । काम प्रभावित नहोस भनेर कर्मचारीलाई भन्सारमा प्रोत्साहन भत्ता दिएर बिदाको दिन काम गराइएको हुन्छ ।

चीन वा तेस्रो देशको भन्सारमा शुक्रबार पुरै दिन काम हुन्छ । नेपालमा पनि शुक्रबार, शनिबार काम गरिन्छ तर त्यो काम प्रोत्साहन भत्ताका कारण भएको छ ।

नेपालको भन्सारमा आइतबार धमाधम काम भईरहेको हुन्छ । तर भारत, चीन वा तेस्रो देशको भन्सार र वित्तीय संस्थाका कार्यालयहरु सार्वजनिक विदाका कारण बन्द हुन्छन् ।

भारतको भन्सारबाट सार्वजनिक विदाको दिन काम लिनका लागि थप पैसा तिर्नुपर्छ । यसले आर्थिक भार बढाएको छ । तर चीन र तेस्रो देशको भन्सार नाकामा त्यसरी काम पनि हुँदैन ।

हप्ताका ७ दिनमा व्यवसायीका ३ दिन त खेरै गएको मान्नुपर्छ । बार्षिक रुपमा हेर्ने हो भने हप्ताको तीन दिनका दरले १५६ दिन औषत काम गर्न नसकिएको अवस्था छ । समय भनेको पैसा हो, अब पैसा नै खेर फालेर कसरी समृद्धि ल्याउन सकिएला ?

(गार्मेण्ट एसोसिएसन अफ नेपालका अध्यक्ष चण्डीप्रसाद अर्याल र नेपाल कार्पेट उत्पादक तथा निर्यात एसोसिएसनका वरिष्ठ उपाध्यक्ष हरिबहादुर ठकुरी र द्धितीय उपाध्यक्ष समीक बिक्रम शाहसँग गरिएको कुराकानीमा आधारित)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।