१८८१ अक सम्म पुगेको नेप्से पछिल्लो समयमा ११ सय अंकको हाराहारीमा झरि सकेको छ । यस अबधिमा लगानिकर्ताहरुले अर्बौ गुमाइ सकेका छन ।
शेयरबजारलाइ अर्थतन्त्रको एउटा पाटोको रुपमा पनि लिने गरिन्छ । शेयरबजारको यस्तो अबस्था आउनका जिम्मेबार को त ? सरकार राज्य नियामक निकायहरु बैंकको ब्याज दर शेयरबजारमा बेला बेलामा हुने चलखेल वा स्वंयम लगानीकर्ताहरु ?
त्यसो त शेयरबजारमा बिभिन्न कारणले असर पार्ने गरेका हुन्छन । सरकार, राजनितिक दलहरु, नियामक निकायका निति निर्देशनहरु, बैंकको ब्याज दरमा परिबर्तन, मार्जिन लैण्डिङ, बजारमा देखिएको माग र आपूर्तिको असन्तुलन सरकारका पदाधिकारीहरुको बिवादिद भनाइहरुले पनि शेयरबजारमा प्रभाब पार्ने गरेको छ ।
पछिल्लो समयमा शेयरबजारमा नकारात्मक असर पार्ने बिभिन्न कारणहरु भएता पनि नेपाल राष्ट्र बैकको पुँजी बृद्धि नितिलाई मान्ने धेरै छन । कतिपयको भनाईमा पछिल्लो समयमा शेयरबजारको यस्तो अबस्था आउनमा नेपाल राष्ट्र बैकको अकर्मता र अदुरदर्शी नीति भएको पनि धेरै जसोको भनाई छ ।
धेरै जसोले शेयरबजार खस्किनुलाई नेपाल राष्ट्र बैकको पुँजी बृद्धि नितिलाइ मान्ने गरेका छन भने अर्थमन्त्री डा. खतिवडालाई मान्नेहरु पनि नभएका होईन । अर्थमन्त्री डा. खतिवडाले बेला बेलामा शेयरबजारको बारेमा बोल्ने गरेको कुराहरु बिवादास्पद बन्ने गरेका छन । डा. खतिवडा शेयरबजार प्रति सकारात्मक बन्न नसकेको भनाई पनि रहेका छन भने सरकार पनि शेयरबजार मैत्री नभएको सरोकारवालाहरु बताउँछन् ।
तर पनि शेयरबजार डामाडोल भएको मुख्य कारण चाहि पूँजी बृद्धि नै हो भन्दा फरक नपर्ला । बैक तथा बित्त कम्पनीहरुले आफ्नो पूँजी लगभग चार सय प्रतिशत बृद्धि गर्न पर्ने बाध्यता आएकोले पुँजी बढाउनको लागि हकप्रद शेयरलाइ माध्यम बनाए र पुँजी बृद्धि गर्नको लागि भारि मात्रामा हकप्रद शेयरहरु जारि गरे कतिपय कम्पनिहरुले त एक बर्षमा नै २, ३ पल्ट हकप्रद शेयरहरु जारि गरे भने कतिपय कम्पनिहरुलेत ३ सय ४ सय प्रतिशत सम्म हकप्रद शेयरहरु जारि गरे । लगानीकर्ताहरुलाइ हकप्रद शेयर नखाउ भने दिन भरको शिकार खाउ भने कान्छा बाउको अनुहार भने जस्तो पनि भयो ।
शुरुमा पुँजि बृद्धि गर्नको लागि बोनश शेयर हकप्रद शेयर को बिषयलाइ उचालेर नेप्सेलाइ अस्वाभाबिक रुपमा बढाएर नेप्से १८८१ अक सम्म पुग्यो बोनश र हकप्रद शेयरको लोभले लगानीकर्ताहरुले महगोमा शेयरहरु खरिद गरे अहिले आएर लगानीकर्ताहरुलाइ किन दुस्ख पाइस मंगले आफ्नै ढंगले भन्ने जस्तो भइरहेका छन ।
नेपाल राष्ट्र बैकले दिएको पुँजी बृद्धिको निर्देशनलाई बैक तथा बित्त कम्पनीहरुले प्रसादका रुपमा लिएको र भारि मात्रामा हकप्रद शेयरहरु जारि गर्दा शेयरबजारमा शेयरको थुप्रो लाग्यो । शेयरको सख्या बढेको कारणले माग र आपुिर्तको असन्तुलन भयो र शेयरबजार ओरालो लाग्दा नेप्से बढ्न नसकेको सरोकारवालाहरुको भनाई छ ।
माग भन्दा आपुर्ति बढे पछि भाउ घट्ने त स्वभाबिक पनि त हो नि अर्थशास्त्रको सिद्धान्तले पनि यहि भन्छ । बैक तथा बित्त कम्पनीहरुको पूँजी बढाउने भनेको राम्रो हो बढाउन पनि पर्छ तर बाध्यतामा पारेर होइन आबश्यकतामा क्रमिक रुपमा बढाउन पर्ने हो ।
अहिलेको समय भनेको कम्पनीहरुले लाभाँश घोषणा गर्ने समय हो कतिपयले लाभाँश घोषणा पनि गरिरहेका छन । लाभाँश घोषणा गरिसकेका कम्पनीहरु प्रति पनि लगानीकर्ताहरुको आकर्षण देखिएन । भारि मात्रामा पँुजी बढाएको कारणले कम्पनीहरुको प्रति शेयर आम्दानी घट्दो छ
पूँजी बृद्धिको अनुपातमा नाफा बढाउन नसकेको कारणले लगानीकर्ताहरुले बिगतमा भन्दा कम लाभांश पाउने भएका छन र पाइरहेका छन । यसले पनि लगानिकर्ताहरुमा निराशा छाएको देखिन्छ । सिजनमा समेत नेप्से बढ्न नसकेको र लगानीकर्ताहरुमा उत्साह नदेखेको कारण पुँजी बृद्धि नै हो भन्दा पनि फरक नपर्ला ।
(श्रेष्ठ शेयर बजारका लगानीकर्ता हुन् )