सिद्धार्थ बैंकले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य एजेण्डा

Dec 16, 2018 Merolagani

सिद्धार्थ बैंक (SBL) ले गत आर्थिक वर्ष २०७४/७५ को कमाईबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको १३.१६ प्रतिशत लाभांश पारित गर्न सत्राैं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकले पुस २३ गते सोमबार राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा बिहान ११ बजे साधारण सभा डाकेको हो ।

सभाले बैंक सञ्चालक समितिको मंसिर ६ गते बिहीबार बसेको बैठकले लगानीकर्तालाई प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयरका साथै ८.१६ प्रतिशत नगद लाभांश वितरण गर्न अनुमति दिनेछ ।

बैंकले साधारण सभा प्रयोजनका लागि पुस ९ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार पुस ८ गतेसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

त्यसैगरि सिद्धार्थ क्यापिटलको सहित बैंकको आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान सहितको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्ति, प्रबन्धपत्र तथा नियमावली संसोधन, संस्थागत सामाजिक उत्तरदायित्व वापत भएका खर्च अनुमोदन गर्ने लगायतका प्रस्ताव रहेको छ ।

सभाबाट अनुमाेदन भएकाे गत आर्थिक वर्षको सञ्चित रकमबाट हालको चुक्त्ता पूँजी ८ अर्ब ४६ करोड रुपैयाँको ५ प्रतिशत बराबरको ४२ करोड ३२ लाख १९ हजार २६४ रुपैयाँ बराबरको बोनस शेयर तथा कर प्रयोजन सहित ६९ करोड ०६ लाख ९३ हजार ८३८ रुपैयाँ नगद लााभांश वितरण गर्न बाटाे खुला हुनेछ ।

हाल ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार २७६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस शेयर पूँजीकरण पश्चात ८ अर्ब ८८ करोड ७६ लाख चार हजार ५४० रूपैयाँ चुक्त्ता पूँजी पुग्नेछ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ८१ पैसा र प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ४९ पैसा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।