प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।
हाल ८ अर्ब ४ करोड ६९ लाख ०५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको पाँच प्रतिशत (४० करोड २३ लाख ४५ हजार २५०) बोनस पश्चात ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।
गत आर्थिक वर्षमा बैंकले एक अर्ब ३४ करोड ५ लाख ६५ हजार रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको थियो भने बैंकको खुद नाफा भने एक अर्ब ८७ करोड ६५ लाख ०७ हजार रूपैयाँ रहेको थियो ।
अघिल्लो वर्ष बैंकले १५.४२ प्रतिशत बोनस तथा ०.८१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकले थोरै लाभांश घटाएको हो ।
यस्ताे छ प्रथम त्रैमास :-
एसबिआई बैंक (SBI) को चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आम्दानीका सूचकहरुमा सुधार भएको छ। बैंकको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ११.६० प्रतिशतले बढेर ४८ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।
गत वर्षको पहिलो त्रैमासमा बैंकले ४३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
फ्रि प्रोफिट २७ करोड ९७ लाख रुपैयाँ मात्र
चालू आवको प्रथम त्रैमासमा राष्ट्र बैंकको रेगुलेटरी एडजस्टमेन्टमा २० करोड ५५ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको फ्रि प्रोफिट खुद नाफा भन्दा घटेको हो । नेपाल फाइनान्सियल रिर्पोटिङ स्टयाण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार वित्तीय बैंकले २७ करोड ९७ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) छ।
गत वर्षको यसै अवधिको तुलनामा बैंकको फ्रि प्रोफिट १३.९७ प्रतिशतले घटेको हो। गत वर्षको प्रथम त्रैमासमा बैंकको फ्रि प्रोफिट ३२ करोड ५१ लाख रुपैयाँ थियो ।
एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपछि बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।
नेपाल एसबिआई बैंकको खुद नाफा ४८ करोड ९७ लाख, अन्यमा यस्तो छ प्रगति