आरम्भ माइक्रोफाइनान्सले गर्यो ७०% हकप्रद बिक्री गर्ने प्रस्ताव

Dec 16, 2018 Merolagani

आरम्भ माइक्रोफाइनान्स (AMFI) ले चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । माइक्रोफाइनान्सको १२६ औं सञ्चालक समितिको बैंठकले हकप्रद निष्काशन गर्ने निणर्य गरेको हो ।

माइक्रोफाइनन्सले हाल कायम ६ करोड चुक्ता पूँजीको ७० प्रतिशत अर्थात ४ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको हो । माइक्रोफाइनान्सले हकप्रद चौथो वार्षिक साधारणबाट स्वीकृत भए पछि मात्र जारी गर्नेछ ।

माइक्रोफाइनान्सले हकप्रद निष्काशनको प्रस्ताब पारित गर्न साधारण सभाको मिति पछि तय गर्ने छ ।
हाल माइक्रोफाइनान्सको चुक्ता पूँजी ६ करोड रुपैयाँ छ । हकप्रद निष्काशन पछि माइक्रोफाइनान्सको चुक्ता पूँजी १० करोड २० लाख रुपैयाँ पुग्ने छ । 

भर्खरै आर्इपिओ निकालेको एउटा कम्पनीको यो हवीगतबाट लगानीकर्ताले के आशा गर्ने ?

त्यसैगरी, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माइक्रोफाइनान्स ९ लाख २३ हजार रुपैयाँ नोक्सानीमा छ भने प्रति शेयर आम्दानी एक रुपैयाँ ५४ रुपैयाँले ऋणात्मक रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।