यदि तपाई यो चुनौतीलाई स्वीकार गर्नुहुन्छ भने एक लाख डलर अर्थात् करिब एक करोड १५ लाखको पुरस्कार जित्न सक्नुहुनेछ ।
केबल भनेको भरमा मात्र हुदैन पूरै एक बर्षभरी चुनौतीको सामना गर्नुपर्ने हुन्छ । एक बर्ष पूरा भएपछि प्रतियोगितामा भाग लिने व्यक्तिको लाई–डिटेक्टर टेस्ट पनि गरिन्छ । यि सबै प्रक्रिया पूरा गरिसकेपछि मात्र पुरस्कार दिइनेछ ।
खबरका अनुसार एउटा निजी कम्पनी भिटामिनवाटरको तर्फबाट यो प्रतियोगिता आयोजना भइरहेको छ ।
प्रतियोगिताको नियमका अनुसार यसमा शामिल हुने प्रतियोगीले ३६५ दिन बिना स्मार्टफोन बस्नुपर्ने हुन्छ । ८ जनवरीसम्म प्रतियोगितामा भाग लिन सकिनेछ । एजेन्सी