कामना सेवा विकास बैंकको शाखा खिचापोखरीमा

Dec 16, 2018 Merolagani

कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा काठमाडाैं महानगरपालिकाको खिचापोखरी स्थित न्युरोडमा यही मंसिर २८ गतेदेखि ६१ औं शाखा स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक विश्वेश्वर सुवेदी तथा का. मू. प्रमूख कार्यकारी अधिकृत प्रवि०ा वस्नेतले संयूक्त रुपमा कारोबार शूभारम्भ गरेका थिए ।

शूभारम्भ समारोहमा का मू.प्रमूख कार्यकारी अधिकृतले बैंकले विभिन्न शहर तथा ग्रामिण भेग लगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जाल विस्तार गर्दै सरल तथा सहज बैंकिङ्ग सेवा उपलब्ध गराउने बताए ।

काठमाडाैं ३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६१ वटा शाखा तथा १७ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ्ग, मोवाइलबैंकिङ्ग, सि आश्वा, लगायतका माध्यमबाट समेत सम्पुर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्नाे सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।