मञ्जुश्री फाइनान्सको नगद लाभांश आजसम्म कायम शेयरधनीलाई

Dec 17, 2018 Merolagani

मञ्जुश्री फाइनान्स (MFIL) को २.९ प्रतिशत लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । फाइनान्सले साधारण सभा पप्रयोजनका लागि पुस ३ गते शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेकाले सोमबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

फाइनान्सले यसअघि ९ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । तर उसले मंसिर २१ गते सर्वजानिक गरेको सुचनामा त्रुटी भएको भन्दै फेरि मंसिर २५ गते नेप्सेमा सूचना प्रकाशित गरि नगद लाभांशदर २.९ प्रतिशतमा झारेको थियो ।

फाइनान्सले पुस १६ गते थापागाँउ ब्यांकेट, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे ११ औं बार्षिक साधारण सभा बोलाएको छ । सो सभाले चुक्ता पूँजी ८० करोड ४० लाख रुपैयाँको २.९ प्रतिशत मात्रै नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

सााधारण सभामा फाइनान्सले उपयुक्त अन्य कुनै बैंक तथा वित्तिय संस्थाको पहिचान गरी मर्जरमा तथा एक्वीजिशनमा जाने संकेत गरेको छ ।

सभाले मर्जर तथा प्राप्तीका लागि फाइनान्सको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न मूल्याङ्कनकर्ता नियुक्ति, पारिश्रमिक निर्धारण, समझदारीपत्रमा हस्ताक्षर गर्ने लगायतका अन्य आवश्यक सबै प्रकृया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।

चालु आर्थिक बर्षको प्रथम त्रैमासमा फाइनान्सको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३१ पैसा छ । फाइनान्सको शेयरमूल्य पुस १ गते आइतबार प्रतिकित्ता ११५ रुपैयाँमा कारोबार भएको छ । लाभांश घटाएपछि फाइनान्सकाे शेयरमूल्य घट्दाे क्रममा रहेकाे छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।