बैंकको वार्षिक साधारण सभा पुस २६ गते बिहीबार बिहान १० बजे राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौमा हुने जनाएको छ ।
सभामा बैंकले १०.५३ प्रतिशतका दरले हुन आउने ८५ करोड १३ लाख ९९ हजार ९१९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
साथै बैंकले सहायक कम्पनी स्थापना गरी ब्रोकरको काम गर्ने भएको छ । यसका लागि बैंकले सम्बन्धित निकायको स्वीकृती लिई सहायक कम्पनी स्थापना गरी धितोपत्र कारोबार (स्टक ब्रोकर) सँग सम्बन्धित सम्पूर्ण कार्य गर्ने जनाएको छ ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९४ पैसा, प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात २० गुणा कायम भएको छ ।
बैंकको आधार ब्याजदर १० रुपैयाँ ८४ पैसा तथा लागत कोष ७ रुपैयाँ ४३ पैसा छ । ८ अर्ब बढी चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब बढी रकम छ ।