नेप्सेको मूलगेटमा लगानीकर्ताको आमरण अनशन, शेयर कारोबार ठप्प

Dec 17, 2018 Merolagani

शेयर लगानीकर्ता दबाब समूहले पूँजी बजार सुधार र विस्तारका लागि आमरण अनशन सुरु गरेको दिन शेयर कारोबार समेत ठप्प भएको छ। सोमबार बजार खुलेको आधा घण्टासम्म कुनै पनि कारोबार नभएको नेप्सेले जनाएको छ ।

शेयर बजार सुधार र विस्तारका लागि विभिन्न १४ बुँदे माग राखेर गत मंसिर २३ गतेदेखि रिले अनशन थालेको लगानीकर्ताले सरकारले गठन गरेको उच्चस्तरीय अध्ययन समितिले धोका दिएको भन्दै आमरण अनशन थालेको हो ।

दवाब समूहका संयोजक हरि ढकाल र समूहबाट अर्थमन्त्रालयमा वार्ता गर्न गएका तिलक कोइराला सोमबारदेखि नेपाल स्टक एक्सचेञ्जको मूल गेट अगाडि आमरण अनसनमा बसेका हुन् ।

दबाब समूहले शेयर लगानीकर्ताहरुलाई कारोबार समेत नगर्न अपिल गरेको थियो । दबाब समूहको आन्दोलनलाई साथ दिदै बजार खुलेको आधा घण्टासम्म कुनै पनि कारोबार हुन सकेको छैन । नेप्सेको वेवसाइटमा अघिल्लो दिनकै डेटाहरु डिस्प्ले भईरहेको छ ।

 

 

दवाब समूहले आमरण अनसन बसिसकेपछि वार्ताको पूर्व शर्तको रुपमा धितोपत्र बोर्डका अध्यक्ष र ,नेप्सेका अध्यक्ष ,बिमा समितिका अध्यक्ष र नेपाल राष्ट्रबैंकका गभर्नरको बर्खास्तीको अडान अगाडि सारेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।