नेप्से परिसरमा तनाव (भिडियो)

Dec 17, 2018 Merolagani

नेप्सेले शेयर कारोबार सुचारु गरे पछि लगानीकर्ता दवाव समूह आक्रोशित बनेका छन् । जसका कारण नेप्से परिसर तनावपूर्ण बनेको छ । शेयर लगानीकर्ता दवाव समूहले शेयर कारोबार बन्द गर्न अपिल गर्दै नेप्से गेटमा सोमबार ११ बजे देखि आमरण अनसन सुरु गरेका थिए ।

बजार खुलेको सुरुवाती ३० मिनेट शेयर कारोबार नभए पनि त्यस पछि लगानीकर्ताले शेयर खरिदका लागि अर्डर गरेको नेप्सेको वेबसाइटमा देखिएको थियो ।

नेप्सेले शेयर काराेबार सुचारू गरेकाे थाहा पाउने वित्तिकै आमरण अनसन स्थलमा रहेका लगानीकर्ताको दबाब समूह आक्रोशित बनेर नेप्से प्रवेश गर्न खोजेका थिए । नेप्सेका कार्यकारी प्रमुख चन्द्र सिहं साउद विरुद्ध नाराबाजी गर्दै आन्दोलनकारीले तत्काल काराेबार बन्द आग्रह गरेका थिए ।  

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।