महासमिति बैठक छाडेर कांग्रेस नेता लगानीकर्ताको अनशनस्थलमा

Dec 17, 2018 Merolagani

शेयर लगानीकर्ताको आमरण अनशसनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एेक्यबद्धता जनाएको छ ।आमरण अनशनस्थल नेप्से परिसर पुगेर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतले शेयर लगानीकर्ताको मागमा संस्थागत समर्थन जनाएका हुन् ।

पूर्व अर्थमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले कम्युनिष्ट सरकार शेयर बजारप्रति सकारात्मक नदेखिएको आरोप लागाए ।

एमाले माओवादीको एकता घोषणा देखि नै शेयर बजारमा समस्या देखिएको भन्दै कार्कीले लगानीकर्ताको आन्दोलनमा कांग्रेसको साथ रहने स्पष्ट पारे ।

कांग्रेस प्रवक्ता शर्माले शेयर लगानीकर्ताको माग जायज भएको भन्दै सरकारलाई गम्भिर बन्न आग्रह गरे।

आफ्नै सम्पतीको रक्षा गर्न आमरण अनशन बस्नुपर्ने दिन आउँदा पनि सरकारी तवरबाट खास कदम नचालिनु दुखःद भएको प्रवक्ता शर्माको भनाई थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।