पाँच महिनाको राजश्व संकलन लक्ष्यको ३६.९१ प्रतिशत, पूँजीगत खर्च कति ?

Dec 17, 2018 Merolagani

चालु आर्थिक वर्षको पाँच महिनामा नेपाल सरकारले तीन खर्ब ४८ अर्ब ९८ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । यो कुल लक्ष्यको ३६.९१ प्रतिशत हो । सरकारले चालु आर्थिक बर्षमा ९ खर्ब ४५ अर्ब ५५ करोड ८० लाख राजश्व संकलनको लक्ष्य राखेको छ ।

गतवर्षको यसै अवधिमा सरकारले दुई खर्ब ३८ अर्ब १८ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।

चालु आवको मंसिर मसान्तसम्ममा सरकारले कुल बजेटको २३.५४ प्रतिशत अर्थात ३ खर्ब ९ अर्ब रुपैयाँ खर्च गरेको छ । गत वर्षको मंसिर मसान्तमा २५.८३ प्रतिशत अर्थात तीन खर्ब ३० अर्ब रुपैयाँ खर्च गरेको थियो । सरकारले यसबर्ष १३ खर्ब १५ अर्ब १६ करोड खर्च गर्ने लक्ष्य राखेको छ ।

संकलीत राजश्व मध्येमा संघिय सरकारबाट एक खर्ब ६८ अर्ब रुपैयाँ र बिभिन्न कोषमार्फत एक खर्ब ८० अर्ब रुपैयाँ संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

त्यसैगरी, महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले यसअवधिमा ३९ अर्ब ११ करोड रुपैयाँ पूँजीगत खर्च गरेको छ । जुन विनियोजित रकमको १२.४६ प्रतिशत मात्र हो । गतवर्षको यसै अवधिमा सरकारले ९.४१ प्रतिशत पूँजीगत खर्च गरेको थियो ।

साथै सरकारले यस अवधिमा साधारणतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड रुपैयाँ छुट्याएकोमा २९.४१ प्रतिशत अर्थात दुई खर्ब ४८ अर्ब ६८ रुपैयाँ खर्च गरेको छ भने वित्त व्यवस्थापनको लागि सरकारले २१ अर्ब ७६ करोड रुपैयाँ खर्च गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।