आँधिखोला लघुवित्तले चार करोडको आर्इपिओ जारी गर्ने

Dec 17, 2018 Merolagani

आँधिखोला लघुवित्त वित्तीय संस्थाले प्रति शेयर एक सय रुपैयाँ अंकित दरले चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता साधारण शेयर जारी गर्ने भएको छ। जसका लागि कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो शेयर निष्काशन सम्बन्धी सम्झौता-पत्रमा आँधिखोला लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी. र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे । 

आँधिखोला लघुवित्तको अधिकृत पूँजी १५ करोड, जारी पूँजी १० करोड र चुक्ता पूँजी .६ करोड रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी १० करोड हुनेछ ।

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ भाद्र १० गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो ।

२०७३ साल माघ १२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको १० जिल्ले यस वित्तीय संस्थाले २०७३ फागुन १ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो ।

भिरकोट १, बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँमा गरी जम्मा हाल १९ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

संस्थाले १२,२४६ विपन्न वर्गका महिला तथा पुरुष समूहहरुलाई करिव ४९ करोड २२ लाख कर्जा प्रवाह गरेको छ । त्यसैगरी बचत संकलन १४ करोड ४५ लाख गरी करिव ८० लाख मुनाफा गर्न सफल रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।