पूँजी बजार जस्तो संवेदनशील क्षेत्रमा उत्पन्न समस्यालाई विवेकपूर्ण निर्णय गरी आम लगानीकर्तालाई विश्वासमा लिएर काम गर्नु पर्नेमा उल्टै दमनको बाटोे अख्तियार गरिनु सरकारको नालायकी र खेदजनक भएको विज्ञप्तीमा उल्लेख छ ।
दबाब समूहले सोमबार लगानीकर्ताहरुलाई स्वतःस्फुर्त रुपमा शेयर कारोबार नगर्न आब्हान गरेकोमा सरकार दमनमा उत्रिन गई विशेष अवस्था उत्पन्न हुन गएको जनाएको छ ।
मंसिर १४ गते धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाएर २३ गतेदेखि रिले अनशन शुरु गरेको यो समूहले रिले अनशनको सातौ दिनसम्म सरकारले माग सम्बोधन गर्नुको बदला उल्टै षडयन्त्र गरेकाले आरोप लगाउँदै संयोजक हरि ढकाल र सदस्य तिलक कोइराला नेप्से प्रांगणमा आमरण अनशनमा छन् ।
समूहले नेतृत्व तहमा बसेर दशकौंदेखि आफैँले उठान गरेर कार्यान्वयनको घोषणा गरेको मागमा गैह्रजिम्वेवार प्रकारले अघि बढेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडा, धितोपत्र बोर्डका अध्यक्ष डा. रेबत बहादुर कार्की, गभर्नर डा. चिरन्जिवि नेपाल, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने र बीमा समितिका अध्यक्ष चिरन्जिवि चापागाँईको बर्खास्तीलाई प्रमुख एजेण्डा बनाएको छ ।
दबाब समूहले नियामक निकायका प्रमुखहरु पूँजी बजार विरोधी भएको र उनीहरुको बर्खास्ती अबकाे आफ्नो न्युनतम माग रहने जनाएको छ ।
आमरण अनशनबाटै समस्या समाधान हुनेमा आफूहरु विस्वस्त रहेको भन्दै यो समूहले आम लगानीकर्तालाई अभियानमा गहन सहभागिता र सक्रियताका साथ दिन अपील समेत गरेको छ ।