एनसीसी बैंकले हालसम्मकै ठूलो शेयर लिलामी गर्दै, ७९ लाख कित्तामा बोलपत्र आह्वान

Dec 18, 2018 Merolagani

नेपाल क्रेडिट एण्ड कर्मस बैंक (NCCB) ले हालसम्म कै ठूलो कित्ता शेयर लिलामीमा ल्याउने भएको छ। बैंकले यसअघि बिक्री गरेको चुक्ता पूँजीको ५० प्रतिशतमा अवितरित भएको सो परिमाणको शेयर पुस ११ गतेदेखि लिलामीमा ल्याउने भएको हो ।

यसअघि कृषि विकास बैंकले १९ लाख ६८ हजार ५७५ कित्ता शेयर २०७४ माघ २७ देखि फागुन १२ गतेसम्म लिलाममा बिक्री गरेको थियो । भने प्राेगेशिभ फाइनान्सले २१ लाख २० हजार ६०४ कित्ता शेयर लिलामी मार्फत बिक्री गरेकाे छ ।

एनसीसी बैंकले ६५ लाख १६ हजार ७९५ कित्ता शेयर संस्थापक र १३ लाख ९४ हजार १९८ गरि कूल ७९ लाख १० हजार ९९३ कित्ता शेयरमा बढाबढमा बोलपत्र आह्वान गरेको हो । यसमा इच्छुक लगानीकर्ताले पुस २० गते शुक्रबारसम्म आवेदन दिन सक्नेछन् ।

बैंकको हकप्रल शेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । लिलामी गर्न इच्छुकले बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, र एनसीसी बैंकका विराटनगर, विरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी, नारायणगढ, बनेपा, र मुख्य शाखा कार्यालय बागबजारबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र आवेदन एक सय रुपैयाँ तिरेर माथिका स्थानहरुबाट प्राप्त गर्न र बुझाउन सकिनेछ । बोलपत्र पेश गर्दा संस्थापक एक हजार कित्तादेखि ६५ लाख १६ हजार ७९५ कित्ता र साधारण एक सय कित्तादेखि लिलामीमा आएको सबै कित्ताको लागि माग गर्न सकिनेछ ।

आवेदन रकम बैंकले उपलब्ध गराएको बैंक खाता नम्बरमा जम्मा गरि सक्कल भौचर समेत पेश गर्नुपर्छ । त्यस्तै दश लाख रुपैयाँभन्दा बढीको आवेदन दिनेले प्यान नम्बर आवेदन फारममा उललेख गर्नुपर्छ ।

एनसीसीले गत भदौ ४ देखि असोज २२ गतेसम्म २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।

बैंकले लिलामीबाट उल्लेखित सेयर बिक्री गरेर चालु आर्थिक वर्षमा बैंकले ठूलै रकम प्रिमियम वापत संकलन गर्नेछ । बैंकले हकप्रद बिक्रीबाट आएको रकम तरलता व्यवस्थापन, शाखा विस्तार लगायत काममा खर्च गर्ने यस अघि नै बताई सकेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।