टेलिकमको लाभांश प्रस्ताव

Dec 18, 2018 Merolagani

नेपाल टेलिकम (NTC) ले गत आर्थिक वर्ष २०७४/०७५ को वितरण योग्य नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २ गते सम्पन्न सञ्चालक समितिको ८०२ औं बैठकले प्रतिशेयर ५५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लाे अार्थिक वर्षमा पनि कम्पनीले प्रतिशेयर ५५ रुपैयाँ नगद लाभांश वितरण गरेकाे थियाे ।

प्रस्तावित लाभांश नेपाल सरकारबाट स्वीकृती प्राप्त भएर टेलिकमको ११ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र वितरण हुनेछ ।

 

 

१५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको टेलिकमको जगेडा कोषमा ८७ अर्ब ९८ करोड ९३ लाख २५ हजार ७१५ रुपैयाँ छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा टेलिकमले ४ अर्ब ४९ करोड ६ लाख ४४ हजार ५२१ रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ११९ रुपैयाँ ७५ पैसा कायम गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।