सबै ऋणपत्र नबिकेपछि सानिमा बैंकले थप्यो समय, सिद्धार्थ बैंकको के छ अवस्था ?

Dec 18, 2018 Merolagani

बिक्रीमा ल्याएको सबै ऋणपत्र बिक्री नभएपश्चात सानिमा बैंक (SANIMA) ले निष्काशन गरेको ऋणपत्रको समयावधि थप गरिएको छ। निर्धारित समय भित्र बैंकको सबै ३८ करोड रुपैयाँको ३ लाख ८० हजार कित्ता ऋणपत्र बिक्री नभएपछि समय थपेर फेरी बिक्रीमा ल्याएको हो ।

बैंकको ऋणत्रप निष्काशन तथा बिक्रीप्रबन्धक काठमाडौं क्यापिटल मार्केटका मर्चेन्ट बैंकिङ्गका अनुसार १५ दिन ऋणपत्रमा आवेदन गर्ने समय थप गरिएको हो । यसअनुसार अब इच्छुक लगानीकर्ताहरुले पुस १६ गतेसम्म बैंकको ऋणपत्रमा लगानी गर्न सकिनेछ ।

हालसम्म बैंकको ऋणपत्र करिब ३५ प्रतिशत मात्र बिक्री भएको छ । बैंकले सर्वसाधारण लगानीकर्ताका लागि छुट्टाइएको ३ लाख ८० हजार कित्ता ऋणपत्रमध्ये ६५ प्रतिशत बढी अझै २ लाख ५० हजार ६३ कित्ता (२५ करोड ६३ हजार रुपैयाँ बराबरको) बिक्री हुन बाँकी छ ।

बैंकले कात्तिक ३० गतेदेखि प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरको ३८ करोड रुपैयाँ रुपैयाँ बराबरको ऋणपत्र निष्काशनमा ल्याएको थियो । यस अवधि सम्ममा एक हजार २७१ आवेदकबाट एक लाख २९ हजार ९३७ कित्ताको लागि आबेदन परेको बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केटका मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।

ऋणपत्रमा न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि अधिकतम ३ लाख ८० हजार कित्ता अर्थात ३८ करोड रुपैयाँसम्म आवेदन दिन पाउने व्यवस्था छ । दश वर्ष अवधिको ‘१० प्रतिशत सानिमा डिबेन्चर–२०८५’ मा यो वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गरिने बैंकले जनाएको छ ।

सानिमा बैंकले कूल २ अर्ब रुपैयाँको एक हजार रुपैयाँ अंकित दरका २० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको हो । जसमध्ये ३ लाख ८० हजार कित्तामा सर्वसाधारणलाई, २० हजार कित्ता सामूहिक लगानी कोषलाई र १६ लाख कित्ता व्यक्तिगत तरवबाट बिक्री गरिनेछ । 

सिद्धार्थ बैंकको ४५ कराेडकाे ऋणपत्रमा करिब ३ करोडभन्दा कम आवेदन

सिद्धार्थ बैंकले सर्वसाधारणका लागि ४५ करोड रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्तामध्ये २८ हजार १२९ कित्ता अर्थात २ करोड ८१ लाख २९ हजार रुपैयाँ बराबरको माग परेको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

बैंकले कूल दुई अर्ब २५ करोड रुपैयाँ बराबरको एक हजार रुपैयाँ अंकित मूल्यमा २२ लाख ५० हजार कित्ता निष्काशन गरेको हो । निष्काशित ऋणपत्रमध्ये २० प्रतिशत अर्थात ४५ करोड रुपैयाँको ४ लाख ५० हजार सर्वसाधारणका लागि र ८० प्रतिशत अर्थात एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री हुनेछ ।

एनआइबिएल एस क्यापिटलले दिएको तथाङ्क अनुसार सर्वसाधारणलाई छुट्टाइएको ४ लाख ५० हजार कित्तामध्ये मंगलबार १० बजे सम्ममा ५७० आवेदकले २८ हजार १२९ कित्ता किनेका छन् । यो सर्वसाधारणलाई छ्ट्टाएको ऋणपत्रको ६.२५ प्रतिशत हो । बैंकको ऋणपत्र अझै ९३.७५ प्रतिशत बिक्री हुन बाँकी रहेको देखिन्छ ।

सिद्धार्थ बैंकले साढे दश प्रतिशत ब्याजदरमा सात वर्ष अवधिको दुई अर्ब २५ करोडको “एसबिएल डिवेन्चर २०८२” निष्काशन निष्काशन गरेकोे हो । जसमा अर्धवार्षिक रुपमा ब्याज वितरण हुनेछ ।

ऋणपत्रमा पुस २३ गतेसम्म आवेदन गर्न पाउने व्यवस्था छ । आवेदन गर्दा न्यूनतम २५ कित्ताको २५ हजारदेखि अधिकतम एक लाख कित्ताको लागि १० करोड रुपैयाँसम्मका आवेदन गर्न सकिन्छ ।

 

लगानीयाेग्य पूँजी अभावले बैंकहरू ब्याजदर बढाएर निक्षेप संकलन गर्ने हाेडबाजीमा उत्रिए पश्चात बैंकहरूले निष्काशन गरेकाे ऋणपत्र बिक्री हुन मुस्किल पर्न थालेकाे हाे । मुद्दती निक्षाेपमा १३ प्रतिशत बढीसम्म ब्याज दिनथालेपछि ऋणापत्रकाे ब्याज न्यून भएर बिक्री अलपत्र पर्ने अवस्था अाएकाे जानकारहरू बताउँछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।