लाभांश प्रस्ताव पारित गर्न डिस्टिलरीले पुस २५ गते कम्पनीको रजिष्टर्ड कार्यालय वीरगञ्ज महानगरपालिका वडा नं २१ लिपनिविर्ता, पर्सामा बिहान १० बजे साधारण सभा आह्वान गरेको छ ।
सभाले आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफा नोक्सान हिसाब, लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्दै वार्षिक प्रतिवेदनलाई पारित गर्ने प्रस्ताव छ । त्यसैगरि हिमालयन डिस्टिलरी र राेलिङ्ग रिभर डिष्टिलर्स बीच भएकाे कम्पनीकाे नाममा दर्ता कायम रहेकाे ट्रेड मार्क प्रयाेग गर्ने सम्बन्धि सम्झाैतालार्इ स्वीकृत गर्ने कार्यक्रम रहेकाे छ ।
३८ करोड ५६ लाख ४५ हजार ५०० रुपैयाँ शेयर पूँजी रहेको यस कम्पनीले चालू अार्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ४५ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ६६ रुपैयाँ ९९ पैसा र मूल्य आम्दानी अनुपात ८६.८२ गुणा धेरै रहेको छ ।