व्याजदर घटाउन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको दवाब, बैंकरले भने 'आफ्नै खुट्टामा बञ्चरो हानियो'

Dec 18, 2018 Merolagani

'व्याजदर अचाक्ली भो' - राष्ट्र बैंक
बैंक वित्तीय संस्थाका ३ संगठनका अध्यक्षहरुलाई बोलाएर राष्ट्र बैंकले पछिल्ला दिनमा अनियन्त्रित रुपमा बढेको व्याजदर घटाउन दवाब दिएको छ । मंगलबार नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स संघ र वित्त कम्पनी संघलाई बोलाएर राष्ट्र बैंकको नियमन विभाग तथा सुपरिवेक्षण विभागले व्याजदर घटाउन दवाब दिएको हो ।

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना, डेभलपमेण्ट बैंकर्स संघका अध्यक्ष गोविन्दप्रसाद ढकाल, वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधर लगायतका बैंकरहरु छलफलका लागि राष्ट्र बैंक पुगेका थिए । छलफलमा नियमन विभागका प्रमुख नारायणप्रसाद पौडेल तथा सुपरिवेक्षण विभाग प्रमुख महेश्वरलाल श्रोष्ठले बैंकहरुले अनियन्त्रित रुपमा लगानी बढाएकोतर्फ ध्यानाकर्षण गराएका थिए ।

अधिक लगानी गरेका कारण बैंकहरुले व्याजदर बढाएको भन्दै यसलाई छिटो निराकरण गर्ने विकल्प अघि सार्न बैंकरहरुलाई विभागीय प्रमुखहरुले सुझाव दिएका थिए । बैंकहरुको लगानीको पछिल्लो अवस्थाको तथ्यांक देखाउँदै विभागीय प्रमुखहरुले बैंक तथा वित्तीय संस्थाहरु छाडा भएको भन्दै चेतावनी समेत दिएका थिए ।

छलफलमा बैंक तथा वित्तीय संस्थाका छाता संगठनका अध्यक्षहरुले व्याजदर घटाउने सम्बन्धमा बैंकहरु सकरात्मक रहेको जवाफ दिएका थिए । अहिले उच्च व्याजदर प्रस्ताव गरेका बैंकहरु नै व्याजदर घटाउनु पर्ने सोचमा रहेको जानकारी गराउँदै बैंकरहरुले आफ्नो खुट्टामा आफैंले बञ्चरो हानेको महसुस भएको बताएका थिए ।

आआफ्नो धारणा राख्ने क्रममा राष्ट्र बैंकका विभागीय प्रमुखहरुले वित्तीय बजारमा देखिएको समस्या समाधानमा लाग्न बुँदागत रुपमा भनाईहरु राखेका थिए ।

बैंकरहरुले जवाफमा अहिलेको व्याजदर वृद्धिले आम नागरिकका बिचमा सेन्टिमेण्ट मात्र कायम गरेको भन्दै बेस रेटमा असर पर्ने गरी निक्षेप संकलन नभएको प्रष्टीकरण पनि दिएका थिए ।

बैंकहरुको समस्या बढेको विषय स्वीकार गर्दै व्याजदर घटाउन सकरात्मक भुमिका निर्वाह गर्ने उनीहरुले बताएका थिए । उनीहरुले केही समय अघिसम्म १० प्रतिशतमा रहेको व्याजदर १३ प्रतिशत पुगे पछि यष्सको आकार नबढोस भन्नका लागि रोल व्याक गर्ने जानकारी विभागीय प्रमुखहरुलाई गराएका थिए । यद्यपी त्यसको प्रकृया र कहिलेबाट व्याजदर घट्ने भन्ने बारे बैंकरहरुले खुलाएका छैनन् ।

व्याजदरका कारण उत्पन्न हुने दीर्घकालिन असरका विषयमा कुनै पक्षले ध्यान दिन नसकेको निष्कर्ष बैंकर तथा राष्ट्र बैंकका विभागीय प्रमुखहरुले निकालेका छन् । यद्यपी छलफलले औपचारिक रुपमा कुनै निर्णय भने गरेको छैन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।