गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.पौडेल विरुद्ध भ्रष्टाचार मुद्धा दायर

Dec 18, 2018 Merolagani

गण्डकी प्रदेश पोखराका प्रमुख एवं प्रदेश स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको छ । अहेवको लिखित परीक्षामा उत्तीर्ण भएका परिक्षार्थीलाई लोकसेवाको अन्तर्वार्तामा पास गराइदिने भन्दै रकम लिईसकेको अवस्थामा पौडेललाई अख्तियारले पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

अख्तियारको अनुसन्धानबाट भ्रष्टाचार भएको ठहर पछि मंगलबार पौडेल विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

अनुसन्धानमा पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुर गरेको देखिन आएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

आरोपित निर्देशक डा. पौडेललाई बिगो एक लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा १ को ग बमोजिम सजाय मागदाबी गरिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।