हिमालयन बैंकले गर्यो लाभांश प्रस्ताव, बोनस कति ?

Dec 19, 2018 Merolagani

हिमालयन बैंक (HBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । पुस ३ गते मंगलबार बसेको बैंक सञ्चालक समितिको ३६४ औं बैंठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ५ प्रतिशत बोनस शेयर र १०.७८ प्रतिशत नगद लाभांश गरि कूल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

गत आर्थिक वर्षमा हिमालयन बैंकले दुई अर्ब ४७ करोड ४५ लाख रुपैयाँ वितरयाेगग्य नाफा आर्जन गरेको थियो । बैंकले प्रस्ताव गरेअनुसार बोनस वापत ४० करोड ५७ लाख २६ हजार ४५० र नगद लाभांश वापत ८७ करोड ५५ लाख १७ हजार १०६ रुपैयाँ गरि कूल एक अर्ब २८ करोड १२ लाख ४३ हजार ५५६ रुपैयाँ लाभांशमा खर्च गर्नेछ ।  



हिमायन बैंकले अघिल्लाे वर्ष २५ प्रतिशत बोनस शेयर सो वापत लाग्न कर सहितको १.३२ प्रतिशत नगद गरि कूल २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो। बैंकको लाभांश अघिल्लो वर्षभन्दा १० प्रतिशतले कम हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।

हाल ८ अर्ब ११ करोड ४५ लाख २९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन बैंकको ५ प्रतिशत बोनस वितरणपछि ८ अर्ब ५२ करोड २ लाख ५५ हजार रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६४ करोड ९६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ३ पैसा कायम गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।