काबेली विकास बैंकले ३५% बोनस वितरण गर्न बोलायो साधारण सभा

Dec 19, 2018 Merolagani

विकास बैंकहरूमध्ये सबैभन्दा धेरै लाभांश प्रस्ताव गरेकाे काबेली विकास बैंक (KEBL) ले गत आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले गत आवकाे नाफाबाट शेयरधनीलाई ३५ प्रतिशत बोनस शेयर वितरण गर्न  एघारौँ वार्षिक साधारण सभा डाकेकाे हाे ।

बैंकको एघारौँ वार्षिक साधारण सभा पुस २८ गते शनिबार दिउँसो १२ः३० बजे होटल चिप एण्ड बेष्ट, धनकुटामा हुने जनाएको छ ।

हाल बैंकको चुक्ता पूँजी २१ करोड ५ लाख ९० हजार रहेको छ । बैंकले यही चुक्ता पूँजीको ३५ प्रतिशत बराबरले हुन आउने ७ करोड ३७ लाख ६ हजार ६४० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने भएको हो । बोनस पश्चात् बैंकको चुक्ता पूँजी २८ करोड ४२ लाख ९७ हजार ४० रुपैयाँ पुग्नेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस १३ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारण सभामा भाग लिन र बोनस शेयर पाउनेछन् ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले ४७ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७ पैसा कायम गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।