आयोजना प्रभावितलाई माउण्टेन हाइड्रोले शेयर प्रमाणपत्र वितरण थाल्यो

Dec 19, 2018 Merolagani

आयोजना प्रभावित क्षेत्रका लागि माउण्टेन हाइड्रो (MTHNL) ले निष्काशन गरेको साधारण शेयरको प्रमाणपत्र वितरण सुरु गरेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले बुधबारदेखि शेयर प्रमाणपत्र वितरण सुरु गरिएको भन्दै लगानीकर्तालाई आवेदन गरेको स्थानमा सम्पर्क गर्न भनेको छ।

आवेदन गरेको स्थानमा जाँदा शेयर आवेदन गर्दा उपलब्ध गराइएको पूर्जा तथा आफ्नो नागरिकताको प्रतिलिपि अनिवार्य रुपमा साथमा लैजान भनेको छ ।

कम्पनीले आयोजना प्रभावितका लागि १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरी गत भदौमा बाँडफाँड गरेको थियो ।

१२ लाख ५० हजार कित्तामध्ये ७ लाख ५० हजार कित्ता पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाका लागि तथा ५ लाख कित्ता पाँचथरका अन्य क्षेत्रका स्थानीयबासिन्दालाई निष्काशन गरेको थियो ।

आयोजनामा ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको लगानी हुने छ । १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दाका लागि निष्काशन भैसकेकोमा थप १० प्रतिशत सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।