मेगा बैंकले घोषणा गर्यो ७.८५ प्रतिशत लाभांश, बोनस एक प्रतिशत मात्र

Dec 19, 2018 Merolagani

मेगा बैंक (MEGA) ले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट एक प्रतिशत बोनस सहित ७.८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको २३७ औं बैठकले १.००२३३ प्रतिशत बोनस शेयर तथा कर प्रयोजन सहित ६.८५ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।

हाल मेगा बैंकको चुक्ता पूँजी १० अर्ब २८ करोड ५५ लाख २६ हजार ५७८ रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरे अनुसार १० करोड ३० लाख ९४ हजार ८७५ रुपैयाँ ८० पैसा बोनसमा र ७० करोड ४५ लाख ५८ हजार ५७० रुपैयाँ ५९ पैसा नगद लाभांश गरि कूल ८० करोड ७६ लाख ५३ हजार ४४६ रुपैयाँ ३९ पैसा लाभांशमा खर्च गर्नेछ । गत आर्थिक वर्षमा बैंकले एक अर्ब ४ करोड ७१ लाख ३१ हजार रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले १०.७५ प्रतिशत बोनस वितरण गरेको थियो ।

 

 प्रस्तावित बोनसपछि मेगाको चुक्ता पूँजी १० अर्ब ३८ करोड ८६ करोड २१ हजार ४५३ रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मेगा बैंकले ४० करोड ४५ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४४ पैसा कायम गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।