नेरुडे लघुवित्तले बिहीबार बुकक्लोज गर्दै, बुधबारसम्म कायम शेयरधनीलाई मात्र लाभांश

Dec 19, 2018 Merolagani

नेरुडे लघुवित्त (NLBBL) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको २० प्रतिशत लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बुधबार शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ ।

यसअनुसार लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश पुस ४ गते बुधबारसम्म कायम शेयरधनीले मात्र पाउनेछन् । 

लघुवित्तले पुस २० गते उद्योग संगठन मोरङको सभाहल विराटनगरमा बिहान ११ बजे वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले ५ करोड १८ लाख ६७ हजार रुपैयाँ बराबरको बोनस र २ करोड १८ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

त्यस्तै आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान सम्बन्धी हिसाब माथि छलफल, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा साधारण सभामा रहेको छ ।

हाल ३४ करोड ५७ लाख ८० हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको १५ प्रतिशत बोनसपछि ३९ करोड ७६ लाख ४७ हजार रुपैयाँ पूँजी पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।