स्वावलम्बन लघुवित्तका नव नियुक्त अध्यक्ष रामकुमार श्रेष्ठद्वारा शपथ ग्रहण

Dec 19, 2018 Merolagani

स्वावलम्बन लघुवित्त वित्तीय संस्था (SWBBL) का नव नियुक्त अध्यक्ष रामकुमार श्रेष्ठले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण लिएका छन् ।

वित्तीय संस्थाको २०७५ पुस १ गते बसेको सञ्चालक समितिको २९८ औं बैठकले सञ्चालक श्रेष्ठलाई अध्यक्ष चयन गरेको थियो ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक लि.बाट प्रतिनिधित्व हुने गरी बिजेन्द्र सुवालको सट्टामा भाष्कर एन.जोशीलाई मनोनयन गरेको छ । साथै, सञ्चालक समितिले व्यवसायिक विशेषज्ञको तर्फबाट प्रतिनिधित्वका लागि साधना उपाध्यायलाई सञ्चालक समितिमा मनोनयन गरेको छ ।

वित्तीय सस्थाका हालका संस्थापक शेयरधनीहरु स्वावलम्बन विकास केन्द्र, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, नबिल बैंक रहेका छन् ।

संस्थाले २०७५ कार्तिक महिनासम्म ५७ जिल्लाका १२८ शाखा÷उपशाखा कार्यालयबाट करिव २ लाख २७ हजार ग्राहक सदस्यलाई लघुवित्त सेवा पु¥याउदै आएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।