नेरुडे लघुवित्तको बोनसपछि कतिमा भयो शेयरमूल्य समायोजन ?

Dec 20, 2018 Merolagani

नेरुडे लघुवित्त (NLBBL) को पुस ५ गते बिहीबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितिरण गर्न प्रस्ताव गरेको १५ प्रतिशत बोनसको बुकक्लोजसँगै बिहीबार कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले लघुवित्तको १५ प्रतिशत बोनसलाई समायोजन गरि प्रतिकित्ता शेयरमूल्य ४६५ रुपैयाँ २२ पैसा निर्धारण गरेको छ । बिहीबार नेरुडेको शेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर खुलेको छ । 

कम्पनीको नेप्सेमा कारोबार भएको १८० दिनको शेयरमूल्यका आधारमा औसत आधारमूल्य ७१२ रुपैयाँ तोकिएको छ ।

कम्पनीले १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश पारित गर्न पुस २० गते उद्योग संगठन मोरङको सभाहल विराटनगरमा बिहान ११ बजे वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाले ५ करोड १८ लाख ६७ हजार रुपैयाँ बराबरको बोनस र २ करोड १८ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने तयारी गरेको छ । लाभांश वितरणका लागि लघुवित्तले बिहीबार बुकक्लोज गरेकाल पुस ४ गते बुधबारसम्म कायम शेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

हाल ३४ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको १५ प्रतिशत बोनसपछि ३९ करोड ७६ लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३२ पैसा, प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ २२ पैसा र मूल्य आम्दानी अनुपात ३९.०४ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।