सप्तकोशी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 20, 2018 Merolagani

सप्तकोशी डेभलपमेन्ट बैंक (SKDBL) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ। बैंकले आइतबार शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

पुस ५ गते बिहीबार बैंकको शेयर प्रतिकित्ता १२५ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ । 

बैंकले गत वर्षको नाफाबाट ५.०३६ प्रतिशत नगद र ३ प्रतिशत बोनस शेयर गरि कूल ८०३६ प्रतिशत लाभांश वितरण गर्न पुस २८ गते उद्योग संगठन विराटनगरमा बिहान १०।३० बजे साधारण सभा आह्वान गरेको छ । 

सभाले दुई करोड ५६ लाख १० हजार ५८३ रुपैयाँ नगद र एक करोड ५२ लाख ५५ हजार ३०० रुपैयाँ बोनस अनुमोदन गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन सहित लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण पनि सभाकाे एजेन्डा रहेको छ ।

हाल ५० करोड ८५ लाख १० हजार रुपैयाँ चुक्ता पूँजी रहेको सप्तकोशीको बोनस वितरणपछि ५२ करोड ३७ लाख ६५ हजार ३०० रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १६ लाख २२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३२ पैसाकायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।