यसअनुसार पुस १२ गत बिहीबारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा सहभागि हुन पाउनेछन् ।
कम्पनीले पाँचौ वार्षिक साधारण सभाले शेयरधनीहरुको लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।
हाल ५७ करोड ५९ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको बोनसपश्चात ६३ करोड ३५ लाख १२ हजार पुग्नेछ ।
साथै, संस्थापक तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक र एक जना स्वन्तत्र सञ्चालकको निर्वाचन समेत गर्ने एजेण्डा समेत सभामा रहेको छ ।