राष्ट्र बैंकको दबाबपछि जनता बैंकले हटायो मुद्धती निक्षेप योजना, अन्यले पनि घटाउने

Dec 20, 2018 Merolagani

नेपाल राष्ट्र बैंकको गभर्नर र डेपुटी गभर्नरहरुले भद्र सहमति गरेर ब्याजदर झार्न निर्देशन दिएलगत्तै जनता बैंक (jbnl) ले आफ्नो विशेष मुद्धती योजना बन्द गरिएको जनाएको छ। 

बैंकले बिहीबार एक विज्ञप्ती जारी गर्दै  १२ प्रतिशतले मासिक रुपमा ब्याज प्राप्त गर्ने विशेष मुद्दती योजना पुस ५ गतेदेखि लागू हुने गरी बन्द गरिएको जनाएको हो । 

तरलता अवस्थालाई मध्येनजर गरी यस बैंकद्वारा लागु गरिएको वार्षिक १२ प्रतिशतले मासिक रुपमा ब्याज प्राप्त गर्ने विशेष मुद्दती योजना बन्द गरिएकाे बैंकले जनाएकाे छ । यससँगै अन्य एक दर्जन वाणिज्य बैंकले पनि बढाएकाे ब्याजदर भाेलिबाट घटाउन दबाब परेकाे छ ।

राष्ट्र बैंकको दवाबपछि बैंकहरुले गरे व्याजदर घटाउने निर्णय, नयाँ व्याजदर कति ?

बिहीबार राष्ट्र बैंकले बालुवाटार कार्यालय अगाडिको एक रेष्टुरेन्टमा सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको आकस्मिक बैठकमा ब्याजदरमा भद्र सहमति गरेर अगाडि बढ्न निर्देशन दिएका थिए ।

मुद्रा तथा पूँजीबजारका समस्या अध्ययन गर्न गठित कार्यदलले सुधारका लागि सुझाब दिइसकेको भन्दै ब्याजदरमा छाडा नभई संयमित भएर सहमति गर्न निर्देशन दिएका थिए ।

बैंकहरुले क्षमता नहेरी ऋण बढाएका कारण समस्या आएको भन्दै केन्द्रीय बैंकले दिएको निर्देशन नमान्ने बैंकलाई राष्ट्र बैंकले कारवाही गर्ने चेतावनी समेत दिएका थिए ।

राष्ट्र बैंकको चेतावनीसँगै वाणिज्य बैंकहरुले अब यसअघि प्रतिस्पर्धाी रुपमा बढाइएको मुद्धती निक्षेपको ब्याजदर फिर्ता गर्ने विश्वास गरिएको छ । यसअघि वाणिज्य बैंकले मुद्धती निक्षेपमा १३ प्रतिशतसम्म ब्याजदरको सूचना प्रकाशन गर्दै बचत आह्वान गरेका थिए ।

यसअघि बैंकर्स संघले ब्याजदरमा गरिएको भद्र सहमति भङ्ग गर्दै ब्यक्तिगत मृद्धती निक्षेपको ब्याजदरको सीमा बैंकले तोक्नसक्ने जनाएको थियो । जसले एक दर्जन बढी बैंकले १३ प्रतिशत ब्याजको सूचना प्रकाशन गरेका थिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।