सूचीकरण नियमावली तथा नेप्सेको परिपत्र विपरितका कामहरु गरेको भन्दै नेप्सेले बैंकहरुको शेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।
नेप्सेका अनुसार सूचीकृत कम्पनीले बुझाउनु पर्ने सूचनाहरु सार्वजनिक नगरेको तथा कार्यतालिका अनुसार संस्था नचलेको भन्दै शेयर कारोबारमा रोक लगाइएको हो ।
(स्पष्टिकरण: हिजो प्रकाशित यसै समाचारमा कारोबार रोक्का गरेको दुई विकास बैंकमध्ये मिसन र सांग्रीला डेभलपमेन्ट बैंक हुनपर्नेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक हुन गएकोमा यसबाट शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक तथा आम पाठहरुमा गलत सूचना सम्प्रेषित हुन पुगेकोमा क्षमायाचना गर्दछौं । )
नेप्सेको सूचीकरण शाखाले केही समय अघि सूचीकृत कम्पनीहरुलाई सूचना प्रवाह गर्ने लगायत विषयमा परिपत्र जारी गरेको थियो । उल्लेखित ५ संस्थाले उक्त परिपत्रको पालना नगरेको नेप्सेको ठहर छ ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ को दफा २२ को उपदफा १ को खण्ड ‘ङ’मा गरिएको व्यवस्था अनुसार निर्णयका सूचनाहरु सञ्चालक समितिको बैठकको समय समेत उल्लेख गरी तोकिएको समयमा नेप्सेमार्फत सार्वजनिक गर्नु पर्ने हुन्छ । उक्त व्यवस्था विपरित सूचनाहरु उपलब्ध गराएको भन्दै नेप्सेले सुध्रिन दवाब दिन यस्तो निर्णय गरेको हो ।
यसका साथै नेप्सेमा सूचीकरण हुँदा गरिएको सम्झौता पनि उल्लेखित संस्थाले पालना नगरेको निष्कर्ष नेप्सेले निकालेको छ ।
बैंकहरुको कृयाकलापका बारेमा शेयरधनीहरुलाई जानकारी दिनका लागि शेयर कारोबार रोक्का गराइएको आँकलन गरिएको छ । यसबाट लगानीकर्ताले कम्पनीहरुको कृयाकलापका बारेमा जानकारी पाएर सजग हुन मद्धत पुर्याउने छ भने संस्थालाई प्रकृयागत विषयमा चुस्त रुपमा काम गर्न नैतिक दवाब समेत दिनेछ ।
नेप्सेले यस सम्बन्धमा कम्पनीहरुसँग प्रष्टीकरण सोधेर जवाफ पाए पछि सोमबारदेखि शेयर कारोबार सुचारु गराउने सम्भावना छ ।