विज्ञप्तिमा जनाइए अनुसार आयोजनाका ठेकेदार सीएमसीका लागि काम गरेका २८ कम्पनीले सीएमसीसंग करिब डेढ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।
सीएमसीका लागि आफूहरुले यन्त्र, उपकरण, निर्माण सामाग्री आपूर्ती गर्ने तथा आयोजनाको उप ठेक्का लिएको नेपाली कम्पनीहरुले जनाएका छन् ।
सरकारले सीएमसीको भुक्तानी नगरेसम्म आफूहरुलाई रकम दिन नसक्ने सीएमसीका पदाधीकारीले बताएको भन्दै उनीहरुले तत्काल सीएमसीलाई रकम भुक्तानी गर्न सरकारलाई भनेका छन् ।
सीएमसीका कारण मेलम्चीको काम भद्रगोल बनेकोतर्फ केह नबोली नेपाली कम्पनीहरुले आफ्नो पैसा उठाउनका लागि मात्रै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सरकारले सीएमसीसंग ठेक्का तोड्ने बताएकोप्रति गंभिर ध्यानाकर्षण भएको भन्दै नेपाली कम्पनीहरुले त्यो गल्ती गरे तालाबन्दी लगायतका कडा आन्दोलनमा उत्रीने जनाएको छ ।
सप्रमाण २८ नेपाली कम्पनीले सीएमसीसंग भुक्तानी पाउन बाँकी रहेको विज्ञप्तिमा दावी गरिए पनि विरा मोर्टस, विएम इन्टरप्राइजेज,ज्योतीश्री प्रा.लि,एचजी इन्टरप्राइजेज र मेगाटेक हाइड्रो एण्ड इन्फास्ट्रक्चर प्रा. लि.को नाम मात्रै उल्लेख छ ।