कृषि विकास बैंकको प्रमुख कार्यकारीका लागि ५ जनाको नाम सिफारिस, को को छन् ?

Dec 21, 2018 Merolagani

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदका लागि पहिलो चरणमा ५ जनाको नाम सिफारिस भएको छ । प्रमुख कार्यकारी अधिकृत छनौट समितिले १७ जना आवेदकहरु मध्येबाट बैंक सञ्चालनको कार्ययोजनाका आधारमा ५ प्रतिष्पर्धी छानेको हो ।

कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलका अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि पहिलो चरणमा अनिल उपाध्याय, पूर्णप्रसाद आचार्य, नरेशकुमार रोक्का, कपीलमणि ज्ञवाली र शंकर रायमाझी परेका छन् ।

मेरोलगानीसँग कुरा गर्दै बैंक प्रवक्ता पौडेलले भने, पहिलो चरणमा छनौट समितिले ५ जना छनौट गरेको छ । अब तीन जना शर्टलिष्ट गरेर सञ्चालक समितिलाई बुझाउने कार्यक्रम छ ।’

उल्लेखित सूची मध्ये ३ जना कृषि विकास बैंकका बहालवाला तथा पूर्व कर्मचारी हुन् भने २ जना राष्ट्रिय वाणिज्य बैंकका पुर्व कर्मचारीहरु हुन् ।

अनिल उपाध्याय, पूर्णप्रसाद आचार्य र नरेश रोक्कासँग कृषि विकासको लामो अनुभव छ । कपीलमणि ज्ञवाली केही समय अघि नागरिक लगानी कोषको प्रमुख कार्यकारी अधिकृत पदमा शिर्ष ३ बाट बाहिरिएका हुन् । उनी त्यस अघि वाणिज्य बैंकका उपमहाप्रबन्धक थिए । शंकर रायमाझी पनि वाणिज्य बैंकमा लामो बिताएर बाहिरिएका हुन् ।

उल्लेखित ५ प्रतिष्पर्धीबाट छनौट समितिले फेरी ३ जनाको नाम सिफरिस गर्ने र अन्तिममा बैंक सञ्चालक समितिले एक जनालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने बताइएको छ ।

बिस्तृत विबरण यो सामग्रीमा :

कृषि विकास बैंकको प्रमुख कार्यकारीमा प्रधानमन्त्रीका आकांक्षी पनि भिड्दै, यस्ता छन् प्रतिस्पर्धी

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।