मर्जर तथा प्राप्तीमा जान जनता बैंक इच्छुक,शेयर ब्रोकर सेवा सुरु गर्ने

Dec 22, 2018 Merolagani

पुष १५ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने
जनता बैंक लिमिटेड मर्जर तथा प्राप्तीमा जान इच्छुक देखिएको छ । बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्राप्तीको बाटो खुला गर्ने प्रस्ताव सहित पुस २९ गते आइतबारका लागि नवौं साधारण सभा बोलाएको छ ।

साधारण सभामा बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्था प्राप्ती गर्ने वा आफैँ एक आपसमा गाभिने प्रयोजनका लागि स्वदेशी तथा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको हो ।

साथै बैंकले सम्बन्धित निकायको स्वीकृती लिई बैंक आफैँ वा सहायक कम्पनी मार्फत शेयर ब्रोकर सम्बन्धि कार्य गर्ने व्यवस्था प्रबन्धपत्रमा थप गर्न विशेष प्रस्ताव गरेको छ ।

बैंकको नवौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको हालको चुक्ता पूँजीको ८.५० प्रतिशत अर्थात ६८ करोड ६६ हजार रुपैयाँ बराबरको नगद लाभांश स्वीकृत गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस १६ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । जस अनुसार पुष १५ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्ने छन् ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ७ लाख ८६ हजार रुपैयाँ छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३२ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यहि अवधिमा बैंकले १६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ९९.४८ प्रतिशतले बढाएको हो ।

गत आर्थिक वर्षमा बैंकले ९३ करोड ४७ लाख रुपैयाँ बढी वितरण योग्य मुनाफा आर्जन गरेको थियो भने एक अर्ब ७९ करोड खुद नाफा कमाएको थियो । बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ १० पैसा, प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ३२ पैसा र मूल्य आम्दानी अनुपात ११.९३ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।