माइक्रोफाइनान्सले हकप्रद निष्काशनका लागि कार्तिक १३ गते बुकक्लोज गरेकाले यस हकप्रदमा कात्तिक १२ गतेसम्म कायम रहेका माइक्रोफाइनान्सको शेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।
किसान माइक्रोफाइनान्सले हाल कायम चुक्ता पूँजी ४ करोड ८० लाख ५० हजार रुपैयाँको ५० प्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरमा २ लाख ४० हजार २५० कित्ता हकप्रद जारी गर्न लागेको हो ।
हकप्रदमा सिभिल क्यापिटल मार्केटलाई हकप्रद शेयर निष्काशनको बिक्री प्रबन्धक तोकिएको छ ।
हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय, मेरो शेयर तथा सिभिल क्यापिटल मार्केट सुन्धारा, किसान माईक्रोफाइनान्सको सम्पूर्ण शाखाहरु, तथा सिभिल बैंकको विराटनगर, पोखरा, नेपालगञ्ज, विरगञ्ज, नारायणघाट र बुटवल शाखा मार्फत आजसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।
हकप्रद जारी गर्दा कम्पनीको पूँजी ७ करोड २० लाख ७५ हजार रुपैयाँ पुग्नेछ । माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हकप्रदलार्इ समेत बाेनस दिँदा बाेनस अनुपात १९.३३ प्रतिशत कायम हुनेछ ।
एक करोड ३९ लाख ३५ हजार ५०० रूपैयाँ बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ८ करोड ६० लाख ९ हजार ५०० रुपैयाँ कायम हुनेछ । माइक्रोफाइनान्सकाे शेयरमूल्य पुस ५ गते बिहीबार प्रतिकित्ता ९५० रूपैयाँमा काराेबार भएकाे छ ।