फरवार्ड कम्युनिटीले डाक्यो साधारण सभा, लाभांश बाँड्न बुकक्लोज कहिले ?

Dec 23, 2018 Merolagani

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था (FOWAD) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश अनुमोदन गराउन साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तको सञ्चालक समितिको पुस ६ गते बसेको ७६ औं बैठकले पुस २९ गते संस्थाको केन्द्रीय कार्यालय दुहवी सुनसरीमा दिउँसो ११ बजे साधारण सभा डाकेको हो । 

साधारण सभा प्रयोजनको लागि माइक्रोफाइनान्सले पुस १५ गते बुकक्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस १२ गते सम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछ ।

साधारण सभामा माइक्रोफाइनान्सले गत आर्थिक वर्ष सम्म कायम चुक्ता पूँजी ३० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ६ करोड रुपैयाँ नगद लाभांश र २५ प्रतिशतले हुन आउने ७ करोड ५० लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

हाल ३० कराेड एक लाख ६५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फरवार्डको २५ प्रतिशत बोनस वितरणपछि ३७ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

यस्तै साधारण सभामा संस्थाको जारी तथा चुक्ता पूँजी वृद्धि गर्नेबारे पनि छलफल गर्ने तयारी गर्दैछ । साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदन छलफल गरी पारित गर्नेछ र आर्थिक वर्ष २०७४/७५ को लेखापरिक्षकको प्रतिवेदन सहति वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने तयारी गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरिक्षक नियुक्ती गरी पारिश्रमित तोक्ने तयारी पनि गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माइक्रोफाइनान्सले आठ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी १०७ रुपैयाँ १८ पैसा कायम गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।