तिनाउ विकास बैंकको लाभांश पारित, चुक्ता पूँजी ५६ करोड पुग्ने

Dec 23, 2018 Merolagani

तिनाउ विकास बैंक (TNBL) को लाभांश पारित भएको छ। बैंकको पुस ९ गते शनिबार सम्पन्न बाह्रौं वार्षिक साधारण सभाबाट गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र कर बापतको नगद लाभांश पारित भएको हो ।

बुटवलको होटल क्लव डेनोभोमा सम्पन्न बैंकको साधारण सभाले आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट ५० करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने ६ करोड ८ लाख रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

 

बोनस शेयर पारितपछि बैंकको चुक्ता पूँजी ५६ करोड रुपैयाँ पुगेको छ ।

साधारण सभाले बैंकका अध्यक्ष राजेन्द्र प्रसाद वझाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित भयो । यस्तै आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण प्रतिवेदन, २०७५ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरणको बारेमा छलफल भएको छ ।

साधारण सभाबाट अनिल प्रसाद श्रेष्ठ र रविन्सन कक्षपति आगामी कार्यकालको लागि सर्वसाधारण शेयरधनीको तर्फबाट निर्विरोध रुपमा सञ्चालक . निर्वचित भएका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।