लुम्बिनी विकास बैंकले कति प्रस्ताव गर्यो बोनस ? करको भारी लगानीकर्तालाई

Dec 23, 2018 Merolagani

लुम्बिनी विकास बैंक (LBBL)ले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने गर बोनस शेयर बितरण गरेको छ । मर्जर माथि मर्जरबाट बनेको लुम्बिनीले बोनसमा लाग्ने कर भने लगानीकर्तालाई तिराउने भएको छ ।

बैंक सञ्चालक समितिको पुस ६ गतेृ शुक्रबार बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १७.३५४१ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्तावित बोनसमा लाग्ने करका लागि नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको छैन । बैंकले मर्जरका कारण पाएको करछुट उपयोग गर्दा लगानीकर्ताले कर तिर्नु पर्ने भएको हो ।

बैंकको अहिले चुक्ता पूँजी २ अर्ब १७ करोड ३५ लाख २३ हजार रुपैंया छ । बैंकले प्रस्ताव गरेको ३७ करोड ७१ लाख ९७ हजार २३६ रुपैंयाको बोनस बितरण पश्चात चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैंया नाघ्नेछ ।

प्रस्तावित बोनस राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।