पुस मसान्तसम्म साधारण सभा सम्पन्न नगर्ने सूचीकृत कम्पनीहरुलाई नेप्सेले गर्ने कम्पनी वर्गिकरणमा घटुवामा पर्नेदेखि परिवाना सम्म तिर्नुपर्ने भएकाले बैंक तथा वित्तिय संस्थाहरुलाई साधारण सभा गर्ने चटारो परेको हो ।
पूर्णिमा विकास बैंक (PURBL) को एघारौँ वार्षिक साधारण सभा पुस २७ गते शुक्रबार बिहान ९ बजे होटल पौवा प्रा.लि रुपन्देहीमा हुने भएको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
सिर्जना फाइनान्स (SFFIL) ले मोरङ्ग व्यापार संघको सभाकक्ष विराटनगरमा पुस २८ गते ११ बजे साधारण सभा आह्वान गरेको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
सिन्धु विकास बैंक (SINDU) को नवौँ वार्षिक साधारण सभा पुस २८ गते शनिबार बिहान १० बजे मेलम्ची रिभर रिसाोर्ट, मेलम्ची सिन्धुपाल्चोकमा हुने जनाएको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारण सभामा भाग लिन पाउनेछन् ।
नेपाल सेवा लघुवित्त (NSEWA) को चौंथो वार्षिक साधारण सभा पुस २८ गते शुक्रबार बिहान ११ बजे श्री इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशिला ८, सिन्धुपाल्चोकमा हुने जनाएको छ । कम्पनीले बुकक्लाेज मिति ताेकेकाे छैन ।
जनता बैंक (JBNL) को नवौँ वार्षिक साधारण सभा पुस २९ गते बिहान ११ बजे अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली काठमाडौँमा हुने जनाएको छ । पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
एमएमबि माइक्रोफाइनान्स (NMFBS) को छैठौँ वार्षिक साधारण सभा पुस २९ गते आइतबार बिहान ११ बजे ह्वाइट हाउस पार्टी प्यालेस, सृजनाचोक पोखरा, कास्कीमा हुने भएको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र माइक्रोफाइनान्सको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स (FOWAD) को छैठौँ वार्षिक साधारण सभा पुस २९ गते दिउँसो ११ बजे वित्तिय संस्थाको केन्द्रीय कार्यालय दुहवी, सुनसरीमा हुने भएको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
महुली सामुदायिक लघुवित्त (MSLB) ले पुस २९ गते ११ बजे केन्द्रीय कार्यालय सप्तरीमा साधारण सभा आह्वान गरेको छ । पुस १५ गतेसम्म कायम रहने शेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
सिभिल लघुवित्त (CLBSL) को सातौँ वार्षिक साधारण सभा पुस २९ गते आइतबार बिहान ११ बजे होटल अर्किड, त्रिपुरेश्वर काठामाडौँमा हुने भएको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन् ।
दिव्यश्वरी हाइड्रोपावर (DHPL) को चौंथो, पाँचौं र छैटौं वार्षिक साधारण सभा पुस ३० गते सोमबार बिहान ११ बजे योगाम्बर व्याङ्वेट नेशनल ट्रेडिङ्ग कम्पाउण्ड भित्र बग्गीखाना छेउ सिंहदरबारमा हुने भएको छ । पुस १५ गतेसम्म कायम रहने शेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन् ।
अरुण काबेली पावर (AKPL) को सातौँ तथा आठौँ वार्षिक साधारण सभा पुस ३० गते सोमबार बिहान ११ बजे इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर काडमाडौँमा हुने भएको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।
यस्ता छन् साधारणा सभाका मुख्य एजेण्डा:-