स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, बोनसपछि एफपिओ जारी गर्ने

Dec 24, 2018 Merolagani

स्वावलम्बन लघुवित्त (SWBBL) को लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा प्रयोजनको लागि पुस १० गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार सोमबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

लघुवित्तको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले पुस २६ गते अम्रपाली ब्याङक्वेटमा बिहान १०:३० बजे सत्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । 

लघुवित्तको सत्रौं साधारण सभाले २५ प्रतिशत बोनस (१२ करोड ५७ लाख ७७ हजार ६७५ रुपैयाँ) र ११.८४ प्रतिशत नगद (५ करोड ९५ लाख ७८ हजार ८९९ रुपैयाँ) गरि ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्नेछ ।

त्यसैगरि लघुवित्तमा हाल कायम रहेका संस्थापक र सर्वसाधारण समूहको ७०ः३० शेयर अनुपात ५१ः४९ मा झार्ने प्स्ताव पनि रहेको छ । जसका लागि कम्पनीले १० करोड ४८ लाख १४ हजार ८०० रुपैयाँ बराबरको १० लाख ४८ हजार १४८ कित्ता एफपिओ निष्काशन गर्ने र ६ करोड ६० लाख ३३ हजार बराबरको संस्थापक शेयरलाई सर्वसाधारणमा रुपान्तरण गर्ने प्रस्तावलाई अनुमोदन गराउने एजेण्डा रहेको छ ।

 

 

हाल लघुवित्तको चुक्ता पूँजी ५० करोड ३१ लाख १० हजार ७०० रुपैयाँ रहेको छ । बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ६२ करोड ८८ लाख ८८ हजार ३७५ रुपैयाँ पुग्नेछ । यसमा लघुवित्तले १० करोड ४८ लाख १४ हजार ८२५ बराबरको साधारण शेयरको थप सार्वजनिक निष्काशन गरि जारी तथा चुक्ता पूँजी ७३ करोड ३७ लाख तीन हजार २०० रुपैयाँ कायम गर्ने प्रस्ताव समेत पारित गर्ने एजेण्डा रहेको छ ।

सभाले नाफा/नोक्सान हिसाबमाथि छलफल गरि वित्तीय प्रतिवेदन पारित गर्दै सर्वसाधारण तर्फको रिक्त सञ्चालक पदमा बाँकी अवधिका लागि सञ्चालक नियुक्ति गर्ने र स्वतन्त्र सञ्चालक समेत नियुक्त गर्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।