सिद्धार्थ बैंकको पाँच प्रतिशत बोनसपछि शेयरमूल्य समायोजन

Dec 24, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जले सोमबार सिद्धार्थ बैंक (SBL) को पाँच प्रतिशत बोनसपछि साेमबार शेयरमूल्य समायोजन गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ५ प्रतिशत बोनसको बुकक्लोजसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।

बोनसपछि बैंकको प्रतिकित्ता ३०९ रुपैयाँ ५२ पैसामा शेयरमूल्य समायोजन भएको छ । बैंकको औसत आधार मूल्य ३५५ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ । 

समायोजित मूल्यको आधारमा नै बैंकको सोमबार कारोबार खुलेको छ ।

बैंकले ५ प्रतिशत बोनस र ८.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २७ गते राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा साधारण सभा डाकेको छ ।

आइतबारसम्म कायम शेयरधनीले उक्त लाभांश पाउनेछन् भने समायोजित मूल्यमा शेयर किन्नेले भने लाभांश पाउनेछैनन् ।

हाल ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।