लाभांश पारित गर्न पुस ३० गते आइतबार आह्वान गरिएको एघारौं वार्षिक साधारण सभाका लागि कम्पनी सञ्चालक समतिको पुस ८ गते बसेको ८०३ औं बैठकले पुस १५ गते आइतबारदेखि पुस ३० गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकाे छ ।
यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात पुस १२ गते बिहीबारसम्म कायम रहने शेयरधनी मात्र लाभांशका लागि योग्य हुनेछन् ।
टेलिकमको पुस २ गते सम्पन्न सञ्चालक समितिको ८०२ औं बैठकले अघिल्लो आर्थिक वर्षमा पति नै प्रतिशेयर ५५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
टेलिकमको ११ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीलाई लाभांश वितरण हुनेछ । सभाले चालू आवको लागि लेखापरिक्षक नियुक्त गरि पारिश्रमिक निर्धारण समेत गर्नेछ ।
१५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको टेलिकमको जगेडा कोषमा ८७ अर्ब ९८ करोड ९३ लाख २५ हजार ७१५ रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा टेलिकमले ४ अर्ब ४९ करोड ६ लाख ४४ हजार ५२१ रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ११९ रुपैयाँ ७५ पैसा कायम गरेको छ ।