एचआईडिसीएलले पहिलोपल्ट शेयरधनीलाई १० प्रतिशत बोनस बाँड्ने, बोनसपछि शतप्रतिशत हकप्रद

Dec 24, 2018 Merolagani

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (HIDCL) ले पहिलो पटक आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। यसअघिका दुई वर्ष कम्पनीले ५ प्रतिशतका दरले नगद लाभांश वितरण गरेको थियो। साथै कम्पनीले बोनसपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद प्रस्ताव समेत गरेको छ।

कम्पनी सञ्चालक समितिको पुस ८ गते बसेको १७४ बैठकले कम्पनीको चुक्ता पूँजी दश अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने एक अर्ब बराबरको बोनस शेयर र बोनसको कर प्रयोजनका लागि २ करोड १० लाख ५२ हजार ६३१ रूपैयाँ ५८ पेसा रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साथै सोही बैठकले बोनस पश्चात कायम हुने चुक्ता पूँजी ११ अर्बको एक बराबर एक (१ः१) शेयर अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि गरेको छ ।

बोनस तथा हकप्रद प्रस्ताव प्रस्तावहरु पारित गर्न कम्पनीले पुस ३० गते नेपाल प्रज्ञा प्रतिष्ठा, कमलादी काठमाडौंमा बिहान ११ बजे सातौं वार्षिक साधारण सभा बोलाएको छ ।

यस्तै साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुकक्लोज गर्ने जनाएको छ । यसअनुसार पुस १६ गते सोमबारसम्म कायम शेयरधनीले कम्पनीको बोनस पाउनेछन् ।

 

१० अर्ब चुक्ता पूँजी रहेको कम्पनीको बोनस र हकप्रद पश्चात २२ अर्ब रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २७ करोड ३७ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १० रुपैयाँ ९५ पैसा कायम गरेको छ ।

यस कम्पनीमा ८० प्रतिशत सरकारको लगानी छ भने सर्वसाधारणको हिस्सा २० प्रतिशत रहेको छ । हाइड्रोपावर परियोजनाहरुको विकास तथा ऋण लगानी गर्ने काम यस कम्पनीले गर्दै आएको छ । आगामी दिनमा हाइड्रोपावरका थुप्रै परियोजना बनाउन लगानी गर्नुपर्ने भएकाले कम्पनीले चुक्ता पुँजी बलियाे बनाउन लागेको हो । वि.सं २०७२ कार्तिकमा २ अर्बको साधारण शेयर जारी गरेको यस कम्पनीले हालसम्म बोनस वितरण गरेको थिएन।

कम्पनीमा नेपाल सरकारको ५ अर्ब, सर्वसाधारणको २ अर्ब तथा नागरिक लगानी कोष, राष्ट्रिय बीमा संस्थान र कर्मचारी सञ्चय कोषको १-१ अर्ब रूपैयाँ लगानी रहेको छ । साबिककाे जलविद्युत लगानी तथा विकास कम्पनीले नाम परिवर्तन गरि हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी बनाइएकाे हाे ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।