नेपाल स्टक एक्सचेन्जमा पुस ९ गतेसम्म शेयर किन्नेले मात्र कम्पनीले प्रस्ताव गरेको नगद लाभांश प्राप्त गर्नेछन्। यसअघि नै कायम शेयरधनीले भने उक्त लाभांश पाउनेछन् । पुस ९ गते साेमबार लघुवित्तकाे शेयरमूल्य प्रतिकित्ता १२२० रूपैयाँ हाराहारीमा काराेबार भैरहेकाे छ ।
कम्पनीले लाभांश, हकप्रद लगायतका प्रस्ताव पारित गराउने पुस २१ गते १२:३० बजे मिरावल रिसोर्ट एण्ड होटेल, धुलिखेलमा आठौं वार्षिक साधारणसभा आव्हान गरेको छ ।
कम्पनीले साधारणसभामा चुक्ता पूँजी १० करोड ३८ लाख ६० हजार रुपैयाँको २४ प्रतिशत बोनस शेयर (दुई करोड ४९ लाख २६ हजार ४०० रुपैयाँ) तथा कर प्रयोजनका लागि १.२६ प्रतिशत ( १३ लाख ११ हजार ९१५ रुपैयाँ) नगद लाभांश पारित गर्ने विशेष प्रस्ताव रहेको छ ।
त्यस्तै बोनस शेयरपछि कायम हुने १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँ पूँजीको २ बराबर १ हकप्रद शेयर जारी गरि १९ करोड ३१ लाख ७९ हजार ६०० रुपैयाँ चुक्ता पूँजी पुर्याउने प्रस्ताव रहेको छ ।
त्यसैगरि अन्य प्रस्तावहरुमा मर्जर/प्राप्ती, कार्यक्षेत्र विस्तार गरि राष्ट्रियस्तरको बनाउने, वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाबमाथि छलफल गरि पारित गर्ने लगायतका एजेण्डा रहेका छन् ।