सञ्चयकोषको बचतकर्ताहरूको स्वास्थ्य बीमाको ५०% पुनर्बीमा नेपालमै हुने, सम्झौतापत्रमा हस्ताक्षर

Dec 24, 2018 Merolagani

कर्मचारी सञ्चयकोषको ६ लाख बचतकर्ताको स्वास्थ्य बीमाको ५०% पुनर्बीमा अब नेपालमै हुने भएकाे छ । राष्ट्रिय बीमा कम्पनीले सञ्चय कोष बचतकर्ताको स्वास्थ्य बीमाको पचास प्रतिशत पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीसँग गर्ने भएको हाे ।

यस सम्वन्धी सम्झौतापत्रमा एक समारोहकाबीच राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीर विक्रम रायमाझी र नेपाल पुनर्बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले कम्पनीको केन्द्रीय कार्यालय रामशाहपथमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय बीमा कम्पनी र कर्मचारी सञ्चय कोष बीच कोषका सञ्चयकर्ताहरुको औषधोपचार तथा घातक रोगको उपचारको लागि उक्त कम्पनीवाट बीमालेख जारी भईसकेको सन्दर्भमा सो बीमाको पुनर्बीमा समेत गर्नुपर्ने भएकोले सो पुनर्बीमा सम्झौता भएको हो ।

यस सम्झौता पश्चात कम्पनीले जारी गरेको कर्मचारी सञ्चय कोषका ६ लाख संचयकर्ताहरुको वार्षिक एक लाख रुपैयासम्मको औषधोपचार र १० लाख रुपैयाँसम्मको घातक रोगको उपचारको लागि पुनर्बीमा ब्यवस्था स्वदेशमा नै भएको छ ।

राष्ट्रिय बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनी बीच भएको ५० प्रतिशत पुनर्बीमा सम्झौता अनुसार बीमा शुल्क तथा बीमा दाबीमा दुबै कम्पनीको समान सहभागिता हुने भएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।