मोबाइल एक्सचेञ्ज मेला एक दिन बाँकी, एउटा किन्दा एउटा सित्तैमा

Dec 24, 2018 Merolagani

सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाईल हबले सञ्चालन गरिरहेको मोबाइल एक्सचेञ्ज मेला अब एक दिन मात्र सञ्चालन हुनेछ । एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा अफर समेत रहेको मेला पुष १० गते मंगलबार क्रिसमसको दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

यसका साथै त्रिसमस डेलाई लक्षित गरेर मोबाइल हबले एउटा मोबाइल किन्दा अनिवार्य रुपमा एउटा गिफ्ट पनि उपलब्ध गराउने छ ।

मोबाइल मेलामा ग्याजेट पारखीहरुले आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका सामाग्री किस्ताबन्दीमा किन्न पाउने छन् । मोबाईल एक्सचेञ्ज अफरका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा अफर मेलाको आकर्षण रहेकोे छ ।

९ सय ९९ रुपैंयादेखि २ लाख ३४ हजार रुपैंयासम्मका मोबाइल किन्न सकिने हबमा ११ हजार रुपैंयादेखि ३ लाख १५ हजार रुपैंयासम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान किन्न सकिन्छ । ‘मेलामा जस्तो सुकै पुरानो मोबाईलको पनि उचित मुल्य पाउनुका साथै सट्टा पट्टा पनि गर्न सकिन्छ ।’ सिटीसी मोबाईल हबका प्रबन्धक जीबन श्रेष्ठले भने । ‘मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल, ल्यापटप ,क्यामेरा, र म्याक किस्ताबन्दीमा किन्न सकिन्छ ।’ उनले भने ।

मेलामा विशेष छुटमा ग्याजेट्स किन्न सकिनेछ । ६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि मेलामा पाइने छ । निशुल्क पार्किगंको व्यवस्था गरेको हबले अवलोकनकर्तालाई लक्की ड्रबाट आकर्षक उपहार बितरण गर्नेछ । मेलामा राखिएको गल्फमा ३ स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाउने छन् भने ४ स्कोर गर्नेले आफुले खरिद गरेको अर्को एउटा सामान सित्तैंमा पाउने छन् ।

सामसङ, ब्ल्याकबेरी, ओप्पो, भिभो, वान प्लस ,नोकिया ,कलर्स, एम आई, सोनी, एप्पल, कुलप्याड, लेनोभो, हुवाई ब्राण्डका मोबाइलका साथै एचपी, लेनोभो, एम आई, डेल र एप्पलका ल्यापटप, म्याकबुक आईप्यड मोबाइल हबको आकर्षण हुन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।