आइतबार ११ सूचीकृत कम्पनीहरुले साधारण सभा आह्वान गरेका थिए ।
आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र सूचीकृत कम्पनीहरुले ब्यतित भएको आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको छ । यस समयावधिभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनीहरुलाई नेप्सेले आर्थिक जरिवाना सहित कम्पनी वर्गिकरणमा घटुवा गर्नेसम्मको कारवार्ही गर्ने गर्दछ ।
जरिवाना र सजायबाट जोगिनका लागि हरे आर्थिक वर्ष समाप्त भएको ६ महिना बित्नै लाग्दा सूचीकृत कम्पनीहरुलाई साधारण सभा गर्ने हतार हरेक वर्ष बढ्ने गर्दछ ।
नेपाल दुरसञ्चार कम्पनी (NTC) ले गत आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट प्रस्ताव गरेको ५५ प्रतिशत नगद लाभांश वितरण गर्न एघारौं वार्षिक साधारण सभा बोलाएको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १५ गते आइतबारदेखि पुस ३० गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात पुस १२ गते बिहीबारसम्म कायम शेयरधनी मात्र लाभांश पाउनेछन् ।
नेपाल कम्यूनिटी डेलभपमेन्ट बैंक (NCDB) ले नवौं वार्षिक साधारण सभा पुस ३० गते सोमबार आह्वान गरेको छ । साधारण सभाका प्रयोजनका लागि बैंकले पुस १७ गतेदेखि पुस ३० गते सम्म बुकक्लोज बन्द गर्ने जनाएको छ। सभामा शेयरधनीहरुलाई चुक्ता पुँजीको ६.४२ प्रतिशतले नगद लाभांश र १ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गर्दैछ । उक्त्त लाभांश पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन्।
मेगा बैंक (MEGA) को पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले आठौं वार्षिक साधारण सभा पुस ३० गते बिहान ११ बजे, राष्ट्रिय सभागृह, प्रदशनीमार्ग काठमाडौंमा बोलाएको छ । साधारण सभाको लागि बैंकले पुस १६ गते बुकक्लोज गर्ने जनाएको छ । साधारण सभामा १.००२३३ प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुँदैछ । लाभांश पुस १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् ।
सिटिजन्स बैंक (CZBIL) ले लाभांश पारित गर्न बाह्रौ साधारण सभा बोलाएको छ । पुस ८ गते बसेको बैंक सञ्चालक समितिको २८५ औं बैठकले पुस ३० गते लैनचौर बैंकक्वेट काठमाडौंमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो ।
साधारण सभामा ३.६ प्रतिशत अर्थात २९ करोड १४ लाख रुपैयाँ बराबरको बोनस शेयर तथा १३ करोड १३ लाख रुपैयाँ करिब १.६ प्रतिशत नगद लाभांश पारित गर्ने तयारी गरेको छ । सभाले बैंकको थप सार्वजनिक निष्काशन (एफपिओ) निष्काशन गर्ने निर्णय अनुमोदन गर्ने र मर्जर।एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तयारी गरेको छ ।
साधारण सभा प्रयोजनको लागि बैंकले पुस १७ गते बुकक्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस १६ गते सम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।
हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (HIDCL) ले १० प्रतिशत बोनश शेयर र बोनसपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न साधारण सभामा बोलाएको छ ।
कम्पनी सञ्चालक समितिको पुष ८ गते बसेको १७४ बैठकले पुष ३० गते नेपाल प्रज्ञा प्रतिष्ठा, कमलादी काठमाडौंमा बिहान ११ बजे सातौं साधारण सभा बोलाएको हो । कम्पनीले शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने एक अर्ब रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र बोनस शेयरमा लाग्ने कर वापतको २ करोड १० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा गर्दैछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस १६ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछन् ।
हिमालयन बैंक (HBL) पुस ३० गते सोमबार, बिहान ११ बजे, कार्की ब्याङक्वेट, माईतीघर काठमाडौंमा छब्बीसौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा १०.७८९५ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले साधारण सभा प्रयोजनको लागि पुस १६ गते देखि बुकक्लोज गर्ने भएकोले पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।
सांग्रिला विकास बैंक (SADBL) ले लाभांश पारित तथा सञ्चालकहरुको चयन गर्ने मुख्य एजेन्डा सहित चौधौं साधारण सभा आह्वान गरेको छ । बैंकले पुस ३० गते बिहान ९ः३० बजे अमृतभोग, कालिकास्थान काठमाडौंमा साधारण सभा डाकेको हो ।
बैंकको चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँको ५.४५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ । यस्तै संस्थापक र सर्वसाधारण शेयरधनीको तर्फबाट ३/३ जना प्रतिनिधित्व गर्ने गरी सञ्चालकहरुको चयन गर्ने र मर्जर वा एक्विजिसन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तयारी गरेको छ ।
नयाँ नेपाल लघुवित्त (NNLB) ले कम्पनीको दशौं वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । साधारण सभा प्रयोजनको लागि पुस १६ गतेदेखि बुकक्लोज गर्ने भएको छ । यसअनुसार पुस १५ गतेसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।
साथै लघुवित्तले साधारण सभामा सात जना सञ्चालकको निर्वाचन गर्ने र मर्जर वा एक्विजिसनमा जाने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।