इन्भेष्टमेन्ट र गण्डकीको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन, कहिले गर्दैछन् एजिएम ?

Dec 25, 2018 Merolagani

नेपाल इन्भेष्टमेन्ट बैंक र गण्डकी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रश्ताव गरेका लाभांश सुरक्षित गर्ने पुस १० गते मंगलबार (आज) अन्तिम दिन रहेको छ। दुबै बैंकले बुधबारदेखि बुकक्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनी मात्र लाभांशका लागि योग्य हुने गर्दछन् । यसअनुसार नयाँ लगानीकर्ताले लाभांश पाउन आजसम्म शेयरधनी बन्नुपर्ने हुन्छ। नेप्सेमा सोमबार इन्भेष्टमेन्ट बैंकको प्रतिकित्ता ६७६ रुपैयाँ र गण्डकीको प्रतिकित्ता २०६ रुपैयाँमा शेयर कारोबार भएको छ ।

इन्भेष्टमेन्ट बैंक मर्जर/प्राप्तीको बाटोमा, शेयर ब्रोकरेज व्यवस्था थप्ने

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) ले बैंकले पुस २९ गते राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा बिहान १० बजे आह्वान गरेको ३२ औं वार्षिक साधारण सभामा १८ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश प्रस्तावलाई अनुमोदन गर्नेछ ।

साथै बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्था प्राप्ती गर्ने वा आफैँ एक आपमा गाभिने प्रयोजनका लागि संस्था छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्व मूल्याङ्कनकर्ता र लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण लगायतका आवश्यक सम्पूर्ण प्रकृयाका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्दैछ ।

त्यस्तै बैंकले सम्बन्धित निकायको स्वीकृती लिई बैंक आफैँ वा सहायक कम्पनी मार्फत शेयर ब्रोकर सेवा प्रदान गर्ने व्यवस्था गर्नका लागि बैंकको प्रबन्धपत्र संसोधन गर्ने विशेष प्रस्ताव सभामा गरेको छ ।
हाल बैंकको चुक्ता पूँजी १० अर्ब ६४ करोड ५६ लाख रुपैयाँ रहेको छ भने बोनस वितरण प्रश्चात बैंकको चुक्ता पूँजी १२ अर्ब ५६ करोड १८ लाख रुपैंया पुग्नेछ ।

चालू आर्थिक वर्षको तीन महिना अवधिमा एनएफआरएस प्रणाली प्रतिवेदन अनुसार बैंकको खुद नाफा र फ्रि प्रोफिट दुबै एक अर्ब पाँच करोड ४६ लाख रुपैयाँ छ । जुन गत आवको यसै अवधिको तुलनामा १५ करोड ९६ लाख अर्थात १७.८४ प्रतिशतले बढी हो । बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ६३ पैसा छ ।

गण्डकीको लाभांश र मर्जर/एक्विजिशन मुख्य एजेण्डा

त्यसैगरि गण्डकी विकास बैंक (GDBL) ले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको १४.२० प्रतिशत नगद लाभांश सहित मर्जर तथा एक्विजिसनको विशेष प्रस्ताव राखेर एघारौँ वार्षिक साधारण सभाको आह्वान गरेको छ ।

बैंकले चुक्ता पूँजी २ अर्ब ७५ करोडको १४.२० प्रतिशतले हुन आउने ३८ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।

पुस २६ गते बिहीबार बिहान ९ बजे माउण्ट कैलाश रिसोर्ट लेकसाईड पोखरामा आह्वान गरिएको साधारण सभामा बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्था एकआपसमा मर्जर वा एक्विजिसनमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव गरिएको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले १० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९५ पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।