लाभांश संसोधन गर्ने कम्पनीमा नागबेली लघुवित्त पनि थपियो, बोनस ९.३८% मा झर्याे

Dec 25, 2018 Merolagani

सूचीकृत कम्पनीहरुको सञ्चालक समितिकाे बैठकले समयमा नै उचित निर्णय लिन नसक्दा शेयरधनीलाई वितरण गर्न आफैँले प्रस्ताव गरेको लाभांश संसोधन गर्ने प्रवृत्ति बढ्न थालेको छ। यसैमा थपिएको छ नागबेली लघुवित्त(NBBL) पनि। लघुवित्तले यसअघिकाे प्रस्ताव गरेकाे लाभांश संसाेधन गर्दै ६.७३ प्रतिशत बाेनस घटाएकाे छ।

लघुवित्त कम्पनीको सञ्चालक समितिको पुस ९ गते बसेको २५४ औं सञ्चालक समितिको बैठकले कार्तिक २६ गतेको २८२ औं बैठकले शेयरधनीलाई प्रस्ताव गरेको लाभांश खारेज गर्दै नयाँ बोनस वितरण गर्ने निर्णय गरेको छ ।

लघुवित्तकाे पुस ९ गते बसेको २५४ औं सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद पश्चात कायम चुक्ता पूँजी १५ करोड ३२ लाख ९९ हजार ४५९ रुपैयाँको ९.३८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४९ प्रतिशत नगद लाभांश वितरण गर्न राष्ट्र बैंककाे स्वीकृतीका लागि पठाउने निर्णय गरेको छ ।

यसअनुसार लघुवित्तले एक करोड ४३ लाख ८० हजार ४१ रुपैयाँ बोनस र कर प्रयोजनका लागि ७ लाख ५६ हजार ८४४ रुपैयाँ नगद गरि कूल एक करोड ५१ लाख ३६ हजार ८५५ रुपैयाँ लाभांश वितरण गर्नेछ ।

यसअघि कार्तिक २६ गतेको २८२ औं बैठकले शेयरधनीलाई लघुवित्तको चुक्ता पूँजी १५ करोड ३२ लाख ९९ हजार ४५९ रुपैयाँको १६.११ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

सूचीकृत कम्पनीहरुको एकपछि अर्को निर्णय गर्दै लाभांश संसोधन हुने क्रम बढ्दा कम्पनीको लाभांशलाई हेरेर शेयर खरिद गर्ने लगानीकर्ता भने फसेका छन् । त्यसकारण लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांशदरलाई मात्रै आधार नमानी नियामक निकायबाट स्वीकृती नपाउँदासम्म सो कम्पनीको प्रस्ताव संसेधन हुनसक्नेतर्फ ध्यान पुर्याउन जरुरी देखिन्छ ।

यसअघि स्वदेशी लघुवित्तले पनि नियामक निकायले लाभांश वितरण गर्न स्वीकृती नदिँदा १० प्रतिशत नगद लाभांश खारेज गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।